भारतमा दुई लाख ३६ हजार भन्दा बढीलाई कोरोना संक्रमण



भारतमा कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्या तीव्र गतिमा बढेर अहिले दुई लाख ३६ हजार नाघेको छ । त्यहाँ कोभिड १९ ले साढे ६ हजारभन्दा धेरै मानिसको ज्यान लिइसकेको छ । अहिले संसारभरिमा कोरोनाभाइरस सङ्क्रमित हुनेको सङ्ख्या ६७ लाखभन्दा धेरै पुगेको छ । साथै झन्डै चार लाख मानिसको ज्यान गइसकेको छ ।

कोभिड १९ महामारीबाट सर्वाधिक प्रभावित अमेरिकामा झन्डै १९ लाख सङ्क्रमित छन्। त्यसपछि क्रमशः ब्रजिल (छ लाखभन्दा धेरै), रुस (साढे चार लाख), बेलायत (दुई लाख ८४ हजार) र स्पेन (दुई लाख ४० हजार) छन् । छैटौँ स्थानमा भारत र त्यसपछि इटली (दुई लाख ३४ हजार) छन् ।

अमेरिकामा मात्रै एक लाख नौ हजार जनाको ज्यान गइसकेको जोन्स हप्किन्स विश्वविद्यालयको आँकडाले देखाउँछ । भारतमा सबभन्दा धेरै सङ्क्रमित पश्चिमी राज्य महाराष्ट्रमा छन् । त्यहाँ सङ्क्रमितहरूको सङ्ख्या ८० हजार नाघेको छ भने २,८०० जनाको ज्यान गइसकेको छ । दक्षिणी राज्य तमिलनाडुमा सङ्क्रमितको सङ्ख्या २८,००० भन्दा बढी छ। दिल्लीमा २६,००० र गुजरातमा १९,००० भन्दा बढी सङक्रमित छन् । नेपालको छेउछाउमा रहेका भारतीय राज्यमध्ये उत्तर प्रदेशमा झन्डै १०,०००, बिहारमा ४,५००, उत्तराखण्डमा १,२००, पश्चिम बङ्गालमा ७,००० भन्दा धेरै अनि सिक्किममा तीन जना सङ्क्रमित पाइएको विवरण भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको छ ।

त्यस्तै कोभिड १९ का कारण उत्तर प्रदेशमा २५७ जनाको ज्यान गएको छ भने बिहारमा २९, पश्चिम बङ्गालमा ३६६ र उत्तराखण्डमा ११ जनाको ज्यान गएको छ । समाचारसंस्था रोएटर्सका अनुसार विश्व स्वास्थ्य सङ्गठनले भारतसहित दक्षिण एशियाली देशहरूमा यो भाइरस फैलिरहेको भए पनि अहिले विस्फोटक अवस्था बताएको छ ।

विश्व स्वास्थ्य संगठनले भारतमा सङ्क्रमितको सङ्ख्या हरेक तीन सातामा दोबर भइरहेको बताएको छ । भारतमा सङ्क्रमितको सङ्ख्या बढे पनि त्यहाँ देशभरि लागु गरिएको लकडाउनलाई भने थप खुकुलो पारिँदैछ । जुन ८ तारिखदेखि त्यहाँका कैयौँ क्षेत्रमा रेस्टुराँ, होटल, किनमेल केन्द्र तथा मठमन्दिर खुला गर्ने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायलद्वारा इरानमा आक्रमण

बीबीसी । इजरायलले इरानमा क्षेप्यास्त्र प्रहार गरेको छ । इरानी सरकारी सञ्चारमाध्यमहरूले मध्यइरानको

अमेरिका र बेलायतद्वारा इरानको ड्रोन आक्रमणपछि व्यापक प्रतिबन्धको घोषणा

संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यले इजराइलविरुद्ध सप्ताहन्त आक्रमणको जवाफमा इरानको सैन्य ड्रोनविरुद्ध

उच्च अदालतको आदेशपछि माल्दिभ्सका पूर्वराष्ट्रपति यामिन रिहा

  भ्रष्टाचार र मनी लन्ड्रिङको आरोपमा ११ वर्षको कारागार सजाय पाउनुभएका माल्दिभ्सका पूर्वराष्ट्रपति

भारमा आमचुनावः २१ राज्यमा १०२ सिटका लागि मतदान सुरु

भारतमा आजदेखि आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि डेढ