कोरोना संक्रमणबाट विश्वमा निको हुनेको संख्या ३३ लाख ४९ हजार पुग्यो



पछिल्लो तथ्यांक अनुसार कोरोना संक्रमणबाट विश्वमा मृत्यु हुनेको संख्या तीन लाख ९८ हजार १४७ पुगेको छ । संक्रमितको संख्या ६८ लाख ४४ हजार ८४२ पुगेको छ भने निको हुनेको संख्या ३३ लाख ४९ हजार पाँच पुगको छ । पछिल्लो २४ घण्टामा विश्वमा १ लाख १८ हजार २२१ कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा धेरै ब्राजिलमा २९ हजार ९५६ संक्रमित थपिएका छन् । सोही अवधीमा अमेरिकामा १३ हजार ३५१ कोरोना संक्रमित थपिएका छन् ।

रुसमा ८ हजार ७२६, भारतमा ९ हजार ४७१, पेरुमा ४ हजार २०२, मेक्सिकोमा ४ हजार ४४२ कोरोना संक्रमित पछिल्लो २४ घण्टामा थपिएका छन् । पछिल्लो २४ घण्टामा ब्राजिलमा कोरोनाका कारण १ हजार १ जनाको मृत्यु भएको छ । सोही अवधीमा ब्राजिलमा २९ हजार ९५६ कोरोना संक्रमित थपिएका छन् । ब्राजिलमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३५ हजार ४० पुगेको छ । संक्रमितको संख्या ६ लाख ४५ हजार ८२६ पुगेको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९६९ जनाको मृत्यु भएको छ । अमेरिकामा संक्रमितको संख्या १९ लाख ५३ हजार नाघेको छ । यसमध्ये ७ लाख २० हजार निको भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायलद्वारा इरानमा आक्रमण

बीबीसी । इजरायलले इरानमा क्षेप्यास्त्र प्रहार गरेको छ । इरानी सरकारी सञ्चारमाध्यमहरूले मध्यइरानको

अमेरिका र बेलायतद्वारा इरानको ड्रोन आक्रमणपछि व्यापक प्रतिबन्धको घोषणा

संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यले इजराइलविरुद्ध सप्ताहन्त आक्रमणको जवाफमा इरानको सैन्य ड्रोनविरुद्ध

उच्च अदालतको आदेशपछि माल्दिभ्सका पूर्वराष्ट्रपति यामिन रिहा

  भ्रष्टाचार र मनी लन्ड्रिङको आरोपमा ११ वर्षको कारागार सजाय पाउनुभएका माल्दिभ्सका पूर्वराष्ट्रपति

भारमा आमचुनावः २१ राज्यमा १०२ सिटका लागि मतदान सुरु

भारतमा आजदेखि आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि डेढ