अमेरिकी अन्तरिक्षयात्री डग हर्ली र बब बेन्कन अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा प्रवेश



अमेरिकी अन्तरिक्षयात्री डग हर्ली र बब बेन्कन अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) प्रवेश गरेका छन् । निजी स्पेसएक्स कम्पनीले सञ्चालन र उपलब्ध गराएको उनीहरूको ड्रयागन क्याप्स्यूल ( चीनबाट ४२२ किलोमिटरको दूरी माथि रहेको अवस्थामा सो अन्तरिक्ष स्टेशनमा जोडिएको थियो ।

चुहावट, दबाब र तापक्रमको जाँचका लागि केही प्रतीक्षा गरेपछि, पहिल्यै आईएसएसमा रहेका रुसी र अमेरिकी टोलीसँग सामेल हुन उनीहरू स्टेशनमा उत्रिएका थिए । हर्ली र बेन्कनले शनिवार फ्लोरिडाबाट प्रक्षेपण गरेका थिए । नौ वर्षअघि अमेरिकी अन्तरिक्ष संस्था नासाको शटल्स भनिने अन्तरिक्षमा यान पठाउने प्रणाली बन्द भएपछि अमेरिकी भूमिबाट अन्तरिक्षयात्रीलाई पठाइएको यो पहिलोपटक हो ।

नासाले शटल्सले सन् २०११ मा काम गर्न बन्द गरेयता मानवसहित अन्तरिक्ष यात्राका लागि रुसी रकेटहरूको प्रयोग गर्दै आएको छ । यो मिसनमार्फत् नासाले आफ्नै अन्तरिक्षयान नभइ व्यावसायिक क्षेत्रबाट भाडामा प्रयोग गर्ने नयाँ युगको थालनी गरेको सङ्केत गरेको छ ।
अब नासाले अन्तरिक्षकेन्द्रसम्म पुग्ने र फर्कने अमेरिकी अन्तरिक्षयान किन्ने वा सञ्चालन गर्ने छैन ।

यस्ता काम क्यालिफोर्नियास्थित स्पेसएक्स अफ हथ्रोन जस्ता कम्पनीले मात्रै गर्छन् जसको नेतृत्व अर्बपति इलोन मस्कले गरेका छन् । स्पेसएक्स फाल्कोन केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण भएको १९ घण्टापछि अन्तरिक्ष केन्द्र पुगेको थियो । दुई यानहरू जोडिने प्रक्रिया पूर्ण रुपमा स्वचालित हुन्छ । हर्ली र बेन्कन त्यसमा सहभागी भइरहनु पर्दैन ( तर उनीहरूले नियमअनुसार चलाएर अभ्यास गरेका थिए । ड्रगन र आईएसएसबीचको ढोका १७ः०२ जीएमटीमा खुलेको थियो ।

हर्ली र बेन्कनले तैरिँदै आईएसएसका कमाण्डर तथा नासाका अमेरिकी अन्तरिक्षयात्री र रुसी अन्तरिक्षयात्रीहरूलाई भेटेका थिए । ‘यहाँ आइपुग्दा हामी खुसी छौँ र अब यहाँका कमाण्डरले हामीलाई काम लगाउने छन्। र, आशा छ हामी यहाँ अभ्यस्त हुनेछौँ र धेरै कुरा बिगार्ने छैनौँ ,’ डग हर्लीले भने । अर्का अन्तरिक्षयात्री बब बेन्कनले पनि आफूहरूले राम्ररी आराम गरेको भन्दै थप कामका लागि तयार रहेको बताए ।
यसअघि यो अन्तरिक्ष यात्रा बुधवारका लागि तय गरिएको थियो तर खराब मौसमका कारण त्यो दिन अन्तिम समयमा पर सारिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही