हत्याको विरोधमा अमेरिकाभर विरोध प्रदर्शन



सुरक्षाकर्मीको नियन्त्रणमा रहेका एकजना अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडको मृत्युलाई लिएर अमेरिकाभर विरोध प्रदर्शन भएको छ । अमेरिकाको मिनेसोटा, न्युर्योक र क्यालिफोर्नियामा विरोध प्रदर्शन भएको हो । ह्वाइट हाउस अगाडि सयौँको सङ्ख्यामा सर्वसाधारण जम्मा भएर घटनाको अनुसन्धान गरी जर्ज फ्लोयडलाई न्याय दिन माग गरेका छन् ।

घटनामा संलग्न मिनियापोलिस प्रहरीका एकजना अधिकारी डेरेक चौभिनलाई नियन्त्रणमा लिएर हत्याको मुद्दा चलाइएको छ । मिनियापोलिस र सैन्टपौलमा विरोध उग्र भएपछि राति आठ बजेदेखि बिहान छ बजेसम्म कर्फ्यु लगाइएको छ । यसअघि सन् २०१४ मा न्युर्योकमा प्रहरी नियन्त्रणमा रहेका अफ्रिकी मूलका अमेरिकी नागरिक एरिक गार्नरको मृत्युपछि पनि व्यापक विरोध भएको थियो ।

गोरा समुदायको डेरेक चौभिनले हत्कडी लगाएर नियन्त्रणमा लिएका फ्लोयडलाई भुइँमा खसाल्दै घाँटीमा घुँडाले च्यापिरहँदा मृत्यु भएको थियो । अफ्रिकी मूलका ४५ वर्षीय फ्लोयडले आफूलाई श्वास लिन असहज भएको भन्दै पटक पटक प्रहरी अधिकारी चौभिनलाई मुक्त गर्न आग्रह गरेका थिए । तर बेहोस भएका उनलाई अस्पताल पुर्याउँदै गर्दा मृत्यु भएको थियो ।

सोमबार भएको उक्त घटनाको भिडियो तात्कालै सार्वजनिक भएपछि अमेरिकामा देशव्यापी विरोध प्रदर्शन सुरु भएको हो । घटनाका आरोपित चौभिनलाई सोमबार मिनियापोलिस अदालतमा उपस्थित गराइनेछन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त घटनाको निन्दा गर्दै भयावह भएको टिप्पणी गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकी जहाज निर्माण अनुसन्धान झुटो आरोपले भरिएको चीनको आरोप

  बेइजिङले जहाज निर्माण, सामुद्रिक तथा रसद क्षेत्रमा चीनको व्यापार अभ्यासमाथि अमेरिकी अनुसन्धानको

फ्रान्सद्वारा ओलम्पिकअघि पेरिस स्क्वाटबाट सयौँ आप्रवासी निष्कासित

  फ्रान्सेली अधिकारीहरूले ओलम्पिक सुरु हुनुअघि मात्र एक सय दिनअघि बुधबार पेरिसको दक्षिणी

पश्चिम जापानमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

दक्षिणपश्चिमी जापानमा बुधबार राति ६ दशमलव तीन म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण

म्यान्माकी नेत्री सुकीलाई कारागारबाट सारेर घरमा नजरबन्द

  जुन्ता सरकारले कैदीहरूलाई लुको लहरबाट बचाउने कदम चालेको घोषणा गरेसँगै कारागारमा रहेकी