अफ्रिका कोरोना सङ्क्रमणको अबको केन्द्र हुनसक्ने डब्लुएचओको चेतावनी



राष्ट्र सङ्घीय अधिकारीहरूले यो महामारीले अफ्रिकामा तीन लाखसम्म मान्छेहरूको ज्यान जान सक्ने र तीन करोड मानिसहरू गरिबीतर्फ धकेलिने बताएका छन्।

गत हप्ता अफ्रिकामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको थियो।

त्यहाँ अहिलेसम्म १९००० जना सङ्क्रमित भएको र करिब १००० जनाको ज्यान गएको छ। अहिलेसम्म त्यो सङ्ख्या युरोप र अमेरिकाको भन्दा निकै कम हो।

अफ्रिकाका लागि राष्ट्र सङ्घीय आर्थिक आयोगले त्यहाँ तीन लाख सम्म मान्छेको ज्यान जान सक्ने भन्दै सो महादेशको लागि बाह्य ऋण भुक्तानी स्थगनसहित करिब एक सय अर्ब डलरको सहायताको आह्वान गरेको छ।

डब्ल्यूएचओका अनुसार भाइरस अफ्रिकी देशका राजधानी बाहिर फैलन सुरु भएको छ। अफ्रिकी महादेशमा महामारीसँग जुझ्न भेन्टिलेटरको अभाव भएको पनि उसले औँल्याएको छ।

अफ्रिकाको एक तिहाइ भन्दा बढी जनसङ्ख्याको खानेपानीमा पहुँच छैन र शहरका करिब ६० प्रतिशत जनसङ्ख्या भिडभाडयुक्त झुपडबस्तीहरूमा बस्छन्- जुन भाइरस फैलिनका लागि उपयुक्त अवस्था बन्न सक्छ।

अफ्रिकाको जनसङ्ख्या १.३ अर्ब छ जसमध्ये १९ हजार जनामा सङक्रमण पुष्टि भइसकेको छ भने ९७० जनाको मृत्यु भइसकेको छ।

उत्तरी अफ्रिका सबभन्दा नराम्ररी प्रभावित क्षेत्र हो। अल्जेरिया, इजिप्ट र मोरक्कोमा २००० जनामा सङ्क्रमण पुष्टि भएको छ।

दक्षिण अफ्रिकामा २०००मा सङ्क्रमण पुष्टि भएको छ र ४८ जनाको ज्यान गएको छ। यो महादेशको सबभन्दा धेरै जनसङ्ख्या भएको नाइजेरियामा ४४२ जनामा सङ्क्रमण पुष्टि भएको छ र १३ जनाको मृत्यु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दोहामा अफगान सङ्कटबारे अमेरिकासहित रुस, चीन र पाकिस्तानले छलफल गर्ने

अमेरिका, रुस, चीन र पाकिस्तान सम्मिलित ’ट्रोइका प्लस’का प्रतिनिधिहरू आगामी महिना युद्धग्रस्त अफगानिस्तानको

इयूद्वारा अमेजनलाई ८८ करोड डलर जरिवाना

अमेजन कम्पनीलाई युरोपेली सङ्घ ईयूको तथ्याङ्क सुरक्षासम्बन्धी कानून उल्लङ्घन गरेको अभियोगमा ८८.६६ करोड

भारतमा थप ४१ हजारलाई कोरोना संक्रमण

भारतमा थप ४१ हजारभन्दा बढी व्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले

बङ्गलादेशमा सङ्क्रमण दर बढेपछि लकडाउनमा थप कडाइ

बङ्गलादेशमा पछिल्ला केही दिनयता हरेक दिनजसो कोरोना भाइरसका सङ्क्रमित भेटिने क्रम बढ्दै गएपछि