ट्रम्प प्रशासनले कतिपय राज्यहरू खुलाउनेबारे नयाँ निर्देशिका जारी गर्ने



कोरोनाभाइरसको महामारी जारी रहँदै गर्दा प्रतिबन्धहरू छिट्टै खुकुलो पारिने बताएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले त्यसले निम्त्याउने खतराबारे प्रश्नहरूको सामना गरेका छन्।

ट्रम्पले भने ‘देशलाई बन्द राखिरहँदा समेत मानिसहरूको ज्यान गइरहेको’ बताए। राष्ट्रपतिले राज्यका गभर्नरहरूसँग छलफल गरेर ‘उनीहरूले उपयुक्त ठानेका बेला’ प्रतिबन्धहरू खुलाउने प्रक्रिया सुरु गरिने बताए।

अहिले सबै अमेरिकी राज्यमा सङ्कटकाल लगाइएको छ र अधिकांश मानिसहरू घरभित्रै रहनुपर्ने परिस्थितिले त्यहाँ अहिलेसम्मकै उच्च सङ्ख्यामा बेरोजगारहरू बढेका छन्।

राज्यका गभर्नरहरूसँग प्रतिबन्ध खुकुलो पार्दै दैनिक काम सुचारू गर्ने समयका विषयमा ट्रम्पको गम्भीर मतभेद पाइन्छ।

तर बिहीवार ट्रम्प प्रशासनले कतिपय राज्यहरू खुलाउनेबारे नयाँ निर्देशिका जारी गर्ने जनाएको छ जसलाई राष्ट्रपतिले ‘त्यो निकै रोमाञ्चक’ हुने बताएका छन्।

राष्ट्रपति ट्रम्पले मानसिक स्वास्थ्य निकै चिन्ताको विषय भएको र आत्महत्यासम्बन्धी हटलाइन सेवाहरू थामिनसक्नु भएको बताए। आम्दानी ठप्प भएका बेला अहिले लागु पदार्थ दुर्व्यसनी समेत अझ ठूलो समस्याको रूपमा देखा परेको उनले बताए।

अमेरिकाले अहिलेसम्म झण्डै ३३ लाख कोभिड-१९ को जाँच गरेको जनाएको छ जुन त्यहाँको कुल जनसङ्ख्याको झण्डै १ प्रतिशत हो।

तर बुधवार लगातार दोस्रो दिन हालसम्मकै उच्च सङ्ख्यामा अमेरिकामा भाइरसबाट मृत्यु हुनेहरू पाइएको समाचार संस्था रोयटर्सले जनाएको छ।

अमेरिकामा अहिलेसम्म ६ लाख ३७ हजार भन्दा धेरै सङ्क्रमितहरू पुष्टि हुनुका साथै २८ हजार भन्दा धेरैको मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयको विवरण छ।

ट्रम्पले चाहिँ अमेरिकाले नयाँ कोरोनाभाइरसको उत्कर्ष पार गरिसकेको बताएका छन्। अमेरिकी राज्यहरू आफ्नो अर्थतन्त्र सुचारु गर्न बलियो अवस्थामा रहेको समेत उनले बताए।

बुधवार नै यस भाइरसको सङ्क्रमण पुष्टि भएकाहरूको सङ्ख्या विश्वभर २० लाख नाघेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय ६ महिना थप

बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ महिना थप गरेको छ

कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज,

नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन

नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन भएको छ । व्यवहारिक

प्रतिस्पर्धाको अभावले अष्ट्रेलियाको जीवनस्तर तथा उत्पादकत्वमा गिरावट

निजी क्षेत्रमा उचित प्रतिस्पर्धाको अभावले अस्ट्रेलियालीहरूको जीवनस्तर खतरामा परेको संसदीय एक अनुसन्धानले चेतावनी