लकडाउनको अवधि थप गर्न मोदीलाई मुख्यमन्त्रीहरुको सुझाव



भारतमा कोरोनाभाइरस फैलिन नदिन लगाइएको “लकडाउनको अवधि थप्ने पक्षमा प्रधानमन्त्री नरेन्द्र मोदी रहेको” दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बताएका छन्।

शनिवार प्रधानमन्त्री नरेन्द्र मोदीले मुख्यमन्त्रीहरूसँग भिडिओ कन्फरेन्स गरेका थिए जसका क्रममा धेरै मुख्यमन्त्रीहरूले मानिसहरूको हिँडडुलमा प्रतिबन्ध लगाउने कार्य जारी राख्नु पर्ने सुझाव दिएका थिए।

दिल्लीका मुख्यमन्त्री केजरीवालका अनुसार आउने मङ्गलवारसम्म जारी रहने भनिएको लकडाउनको अवधि थप गर्न प्रधानमन्त्री मोदी सहमत भएका थिए।

तर उनले त्यसबारे थप जानकारी दिएनन्। महाराष्ट्र राज्यले ३० अप्रिलसम्म लकडाउनको अवधि बढाउने निर्णय गरिसकेको बीबीसी हिन्दीले जनाएको छ।

भारतमा कोरोनभाइरसका कारण लगाइएका प्रतिबन्धहरूका कारण मानिसहरूले सास्ती पाएका र अर्थतन्त्र प्रभावित भएको भन्दै चिन्ता व्यक्त भइरहेका छन्।

भारतका विभिन्न राज्यमा भाइरसको असर फरक-फरक रहेको छ। कुनै राज्यमा लकडाउन चल्दाचल्दै पनि त्यसको प्रभाव धेरै परेको छ। दशौँ लाख आप्रवासी कामदारहरूले रोजगारी गुमाएका छन् र उनीहरूले धेरै दु:ख पाइरहेका छन्।

भारतमा अहिलेसम्म ७,६०० जना सङ्क्रमित भएका छन् र त्यहाँ २४९ जनाको मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयले सङ्कलन गरेको तथ्याङ्कले देखाएको छ। तर वास्तविक सङ्ख्या त्योभन्दा बढी हुनसक्ने ठानिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्यालेस्टिनी समर्थक प्रदर्शनकारीद्वारा प्रमुख अमेरिकी शहरमा विमानस्थल राजमार्ग र प्रमुख पुलहरू बन्द

  प्यालेस्टिनी समर्थक प्रदर्शनकारीहरूले अमेरिकी सहर इलिनोइस, क्यालिफोर्निया, न्युयोर्क र प्यासिफिक नर्थवेस्टमा सडक

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि

  चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार भएको छ

इन्डोनेसियामा पहिरो परी मृत्यु हुनेको सङ्ख्या २० पुग्यो

  खोज र उद्धार टोलीले दक्षिण सुलावेसीको ताना तोराजामा थप दुई शव फेला

इरानद्वारा आणविक केन्द्र बन्द

  इरानले सप्ताहन्त्तमा इजराइलमाथि ठूलो मात्रामा ड्रोन र मिसाइल हमला गरेपछि ‘सुरक्षाका कारण’