पुटिन, ट्रम्प र राजा सल्मानबीच विश्व तेल बजारलाई स्थिरता दिने सहमति



रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र साउदी अरेबियाका राज सल्मानबीच विश्वको खनिज तेलको बजार व्यवस्थापन गर्ने विषयमा सहमति भएको छ । उनीहरुबीच विश्वको तेल बजारको पछिल्लो अवस्थाका बारेमा खुला छलफल भएको रसियाली राष्ट्रपतिको प्रेस सेवाले शुक्रबार जनाएको छ ।

प्रेस सेवाको वक्तव्यमा भनिएको छ, “रसियाली राष्ट्रपति पुटिनले अमेरिकी राष्ट्रपति र साउदी राजासँग टेलिफोनमा कुराकानी गर्नु भयो ।” छलफलका क्रममा ओपेक समेतको सहभागितामा मन्त्रीस्तरीय बैठक आयोजना गर्न सहमति पनि भएको छ । उनीहरुबीच तेलको मूल्यमा आएको उतारचढाव र यसबाट विश्व अर्थतन्त्रमा सिर्जित नकारात्मक असरलाई कम गर्न तथा विश्वको तेल व्यापारलाई स्थिरता प्रदान गर्न सबै पक्षबीच समान धारणा रहेको पनि प्रेस सेवाले जनाएको छ ।

कोरोनाभाइरसको संक्रमण फैलिएसँगै विश्व बजारमा तेलको माग घट्नुका साथै तेलको मूल्यमा पनि भारी गिरावट आएको छ । अमेरिकाले मुख्य तेल उत्पादक राष्ट्रहरु रुस र साउदी अरेबियाबीच जारी अस्वस्थ प्रतिस्पर्धाका कारण तेलको मूल्यमा अस्थिरता आएको बताउँदै दुबै देशमाथि उत्पादनमा कटौती गर्न दबाब दिँदै आएको छ ।

यसैबीच, तेल उत्पादक राष्ट्रहरुको समूह (ओपेक) र रसियाबीच आगामी मे र जुन महिनाका लागि प्रतिदिन एक करोड ब्यारेल तेल कटौती गर्न बिहीबार सहमति भएको ओपेकले जनाएको छ । अमेरिकी टेलिभिजन सिएनएनका अनुसार जुलाईदेखि डिसेम्बरको अवधिमा ८० लाख ब्यारेल प्रतिदिन तथा सन् २०२१ को जनवरीदेखि स्न २०२२ को अप्रिलसम्म प्रतिदिन ६० लाख ब्यारेल तेल उत्पादनमा कटौती गरिने छ ।

इरान, लिबिया र भेनेजुएलामाथि अमेरिकी प्रतिबन्धहरुका कारण पहिल्यै तेल उत्पादनमा असर परेको भन्दै यी मुलुकको तेल उत्पादनमा कटौती हुने छैन । साउदी अरेबियाको अग्रसरतामा भएको ओपेकको बिहीबारको बैठकमा सदस्य मुलुकहरुबीच टेलिकन्फेरेन्स मार्फत बैठक भएको साउदी अरेबियाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्यान्माको म्यावाडी पुनः सेनाको नियन्त्रणमा

जातीय विद्रोही र म्यान्माको सैन्य शासक (जुन्टा) विरोधी लडाकुहरूको गठबन्धनले यसै महिना कब्जा

डुङ्गा दुर्घटना हुँदा १६ आप्रवासीको मृत्यु, २८ बेपत्ता

अफ्रिकी राष्ट्र जिबुटी तटीय क्षेत्रमा भएको पछिल्लो डुङ्गा दुर्घटनामा परी कम्तीमा १६ आप्रवासीको

इथियोपियामा द्वन्द्वका कारण ५० हजारभन्दा बढी विस्थापित

  उत्तरी इथियोपियाको एउटा विवादित क्षेत्रमा भएको झडपका कारण ५० हजारभन्दा बढी मानिस

‘टेक्नो एआई एकीकृत’ स्मार्टफोन बङ्गलादेशमा लन्च

चिनियाँ मोबाइल फोन निर्माता कम्पनी टेक्नोले आफ्नो ग्राउन्डब्रेकिङ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अपरेटिङ सिस्टम