बर्नी स्यान्डर्सले अभियान त्यागेपछि डोनल्ड ट्रम्पको प्रतिद्वन्द्वीमा जो बाइडेन



अमेरिकामा नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीबाट उम्मेवार बन्ने प्रतिस्पर्धाबाट बर्नी स्यान्डर्स पछाडि हटेपछि रिपब्लिकन पार्टीबाट पुनः उम्मेदवार बन्न लागेका राष्ट्रपति डोनल्ड ट्रम्पको प्रतिद्वन्द्वीमा भूतपूर्व उपराष्ट्रपति जो बाइडेन हुने निश्चितजस्तै भएको छ।

बुधवार आफ्ना समर्थकहरूलाई ७८ वर्षीय स्यान्डर्सले पार्टीबाट उम्मेदवार बन्न आवश्यक मत प्राप्त गर्ने सम्भावित बाटो बाँकी नरहेको भन्दै आफ्नो निर्वाचन अभियान परित्याग गरेको घोषणा गरेका थिए।

प्रारम्भिक अभियानका बेला युवा मतदातामा रहेको आकर्षणका कारण स्यान्डर्स अगाडि देखिए पनि केही सातायता बाइडेनले उनलाई पछाडि पारेका थिए।

आफूलाई ‘प्रजातान्त्रिक समाजवादी’ भन्ने स्यान्डर्सले सबैका लागि स्वास्थ्यसेवा, सार्वजनिक कलेजमा नि:शुल्क शिक्षा, धनीहरूका लागि धेरै कर र न्यूनतम आयमा वृद्धिका विषयलाई आफ्नो चुनावी मुद्दा बनाएका थिए।

स्यान्डर्स सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा पनि उम्मेदवार बन्न खोजेका थिए तर हिलारी क्लिन्टनले उनलाई पराजित गरेकी थिइन्।

स्यान्डर्सले अभियान छोडेपछि अगस्टमा हुने डेमोक्र्याटिक पार्टीको अधिवेशनले ७७ वर्षीय बाइडेनलाई उम्मेदवार छान्ने अपेक्षा गरिएको छ। त्यसपछि उनले रिपब्लिकन पार्टीका ट्रम्पसँग निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन्।

इन्टरनेटमार्फत् गरिएको सम्बोधनमा स्यान्डर्सले निर्वाचन अभियान अन्त्य गर्नु धेरै गाह्रो र दुःखद भएको बताएका छन्। “मैले उम्मेदवार हुन कुनै बाटो बाँकी देखेको भए म रोकिने थिइनँ,” उनले भने।

उनले आफ्नो अभियानले अमेरिका कस्तो देश बन्न सक्छ भन्ने विषयमा जनमत फेरेको र देशमा कहिले नसकिने आर्थिक न्याय, सामाजिक न्याय, जातीय न्याय र वातावरणीय न्यायको सङ्घर्षमा देशलाई एक कदम अगाडि बढाएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही