कोरोनालाई राजनीतिकरण नगर्न डब्ल्यूएचओ प्रमुखको आग्रह



विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबाट लगातार दुईदिन आक्रोशयुक्त आलोचनाको सामना गरेपछि  एकताबद्ध हुन आह्वान गरेका छन्।

 महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले डब्ल्यूएचओका कामको बचाउ गरेर कोभिड-१९ लाई राजनीतिकरण गर्ने काम अन्त्य हुनुपर्ने बताए। ट्रम्पले यसअघि उक्त राष्ट्रसङ्घीय निकायलाई पैसा दिन रोक्नेबारे आफूले सोच्ने बताएका थिए। डब्ल्यूएचओ ‘धेरै चीन-केन्द्रीत’ भएको आरोप लगाउँदै ट्रम्पले उनीहरूले महामारीविरूद्ध कामलाई फिका साबित गरिदिएको बताएका थिए।

उनी भन्छन्: “हामी सबै देशको नजिक छौँ र रङ्गको आधारमा कसैलाई विभेद गरेका छैनौँ।” पत्रकार सम्मेलनमा उपस्थित अमेरिकी विदेशमन्त्री समेतले डब्ल्यूएचओलाई दिने बजेटबारे पुनःमूल्यांकन भइरहेको बताए।

ट्रम्पले उक्त सङ्गठनले “आफ्ना सही प्राथमिकता पहिल्याउन सक्नुपर्ने” बताउँदै उसलाई आर्थिक सहायता दिइरहनेबारे एउटा अध्ययन गरेर निर्णय लिइने बताए।

डा. टेड्रोसले भने ट्रम्पका ती भनाइहरू खारेज गरिदिएका छन्। ट्रम्पलाई जवाफ दिएझैँ देखिनेगरी गेहब्रेयससले भने: “सबैभन्दा शक्तिशालीले अगाडिको बाटो देखाउने हो र कृपया अहिले कोभिड-१९ राजनीतिलाई क्वारन्टीनमा राखौँ।”

कोभिड-१९ सबैभन्दा पहिले गत डिसेम्बर महिनामा चीनको वूहान शहरमा देखिएको थियो। त्यहाँ ११ साताको लकडाउन हालै अन्त्य गरिएको छ।

डब्ल्यूएचओका प्रमुख एकजना सल्लाहकारले यसअघि रोगको सुरुवाती चरण बुझ्न चीनसँगको निकट कार्य ‘वास्तवमै आवश्यक’ रहेको जनाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इथियोपियामा द्वन्द्वका कारण ५० हजारभन्दा बढी विस्थापित

  उत्तरी इथियोपियाको एउटा विवादित क्षेत्रमा भएको झडपका कारण ५० हजारभन्दा बढी मानिस

‘टेक्नो एआई एकीकृत’ स्मार्टफोन बङ्गलादेशमा लन्च

चिनियाँ मोबाइल फोन निर्माता कम्पनी टेक्नोले आफ्नो ग्राउन्डब्रेकिङ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अपरेटिङ सिस्टम

मलेसियामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १० जनाको मृत्यु

  मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई  वटा हेलिकप्टर आकाशमा ठोक्किँदा 

चीनमा पुलमा पानीजहाज ठोक्किँदा चार जना बेपत्ता

  दक्षिण चीनको गुआङडोङ प्रान्तवको फोसान सहरमा सोमबार राति एउटा जहाज पुलसँच ठोक्किँदा