भारतको महाराष्ट्रमा कोरोना सङ्क्रमित बढ्दै



भारतको महाराष्ट्रमा ‘कोभिड १९’ का सङ्क्रमितहरु दिन प्रतिदिन बढ्दै गएको देखिएको छ । सङ्क्रमितहरुको संख्या त्यहाँ १ हजार ७८ जना पुगेको बताइएको छ । आजमात्र महाराष्ट्रमा कोभिड १९ का ६० जना संक्रमित भेटिएका छन् । योसँगै महाराष्ट्रमा कोभिडका संक्रमितहरुको संख्या एक हजार नाघेको बताइएको छ ।

यसरी भारतका अरु राज्यहरुको तुलनामा महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको देखिएको जनाइएको छ । बुधबार भेटिएका ती ६० जनामा ४४ जना स्थानीय मानिसबाट मानिसमा सरेको पाइएको हो । ती ६० मध्येका ४४ जना ‘बृहनमुम्बई म्युनिसिपल कर्पाेरेसन’ क्षेत्रका भएका पाइएको यहाँको स्थानीय सरकारी अस्पतालका एक प्रवक्ताले जनाएका छन् ।

भारतमा योसँगै पछिल्लो २४ घन्टाभित्र मात्र ७७३ जना सङ्क्रमित भेटिएका छन् । भारतमा एकै दिनमा यतिधेरै विरामी भेटिएको यो नै पहिलो घटना भएको अधिकारीहरुको भनाई छ । भारतमा बुधबारसम्म ५ हजार १९४ जना सङ्क्रमित पाइएका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले यो कुराको जानकारी दिएको हो । यसरी भारतमा केही दिनयता बढ्दो रुपमा यसका सङ्क्रमितहरु देखिएका पनि बताइएको छ । यहाँका ४०१ जना सङ्क्रमित भने उपचार पछि निको भएर घर फर्किएका छन् ।

यसरी हेर्दा अहिले पनि भारतमा ४ हजार ६४३ जना विरामी अस्पतालमा उपचाररत छन् । मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टा भित्रमात्र मृत्यु हुनेको संख्या १० रहेको छ । आजमात्र १० जना कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले पुष्टि गरेका छन् । यसरी भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४९ जना पुगेको बताइएको छ ।

महाराष्ट्रपछि सबैभन्दा बढी विरामी तालिनाडूमा छन् । तामिलनाडूमा कोरोना संक्रमण भएका व्यक्तिको संख्या ६९० रहेको छ ।

त्यसपछिका बढी संक्रमित नयाँ दिल्लीमा छन् । नयाँ दिल्लीमा यसका संक्रमितको संख्या ५७६ रहेको छ । भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरु थपिँदै जानु बडो चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दूधमा पनि बर्डफ्लुको भाइरस फेला

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एचफाइभ एनवान (बर्डफ्लु भाइरस) सङ्क्रमित जनावरको कच्चा दूधमा

युक्रेन वास्तविक सहयोगी हो भनेर नाटोले व्यवहार गर्नुपर्छ : राष्ट्रपति जेलेन्स्की

  युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो सङ्घर्षरत सेनालाई सहयोग गर्न हतियार आपूर्तिमा तीव्रता

सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका