कोरोना भाइरसबाट विश्वमा मृत्यु हुनेको संख्या ४२ हजार नाघ्यो



कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ४२ हजार ३४४ पुगेको छ । पछिल्लो विवरणअनुसार संंसारभर आठ लाख ६० हजार १६६ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठनले बुधबार सार्वजनिक गरेकोे छ ।

चीनको हुबेइ प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ । यद्यपि इटाली र स्पेन यस भाइरसका कारण भयावह स्थिति भएको छ । इटालीमा एकै दिन (हिजोमात्र) ८३७ नागरिकको ज्यान गएको छ । कोरोनाभाइरस संक्रमणबाट सर्वा्धिक प्रभाव परेका १० मुलुकको पछिल्लो परिदृश्य ।

इटालीमा १ लाख ५ हजार ७९२ कुल सङ्क्रमित भएका छन् भने १२ हजार ४२८ को मृत्यु भएको छ । यसैबीच १५ हजार ७२९ निको भएर फर्किएका छन् ।

स्पेनमा ९५ हजार ९२३ कुल सङ्क्रमित भएका छन् भने ८ हजार ४६४ को मृत्यु भएको छ । यसैबीच १९ हजार २५९ निको भएर फर्किएका छन् । संयुक्तराज्य अमेरिकामा १ लाख ८८ हजार ५९२ कुल सङ्क्रमित भएका छन् भने ४ हजार ५५ को मृत्यु भएको छ । यसैबीच ७ हजार २५१ निको भएर फर्किएका छन् । फ्रान्समा ५२ हजार १२८ कुल सङ्क्रमित भएका छन् भने, ३ हजार ५२३ को मृत्यु भएको छ ।

यसैबीच ९ हजार ४४४ निको भएर फर्किएका छन् । चीनमा ८१ हजार ५५४ कुल सङ्क्रमित भएका छन् भने ३ हजार ३१२ को मृत्यु भएको छ । यसैबीच ७६ हजार २३८ निको भएर फर्किएका छन् । इरानमा ४४ हजार ६०५ कुल सङ्क्रमित भएका छन् भने, २ हजार ८९८ को मृत्यु भएको छ । यसैबीच १४ हजार ६५६ निको भएर फर्किएका छन् ।

बेलायतमा २५ हजार १५० कुल सङ्क्रमित भएका छन् भने, १ हजार ७८९ को मृत्यु भएको छ । यसैबीच १३५ निको भएर फर्किएका छन् । जर्मनीमा ७१ हजार ८०८ कुल सङ्क्रमित भएका छन् भने, ७७५ को मृत्यु भएको छ । यसैबीच १६ हजार १०० निको भएर फर्किएका छन् ।

बेल्जियममा १२ हजार ७७५ कुल सङ्क्रमित भएका छन् भने, ७०५ को मृत्यु भएको छ । यसैबीच १ हजार ६९६ निको भएर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतको छत्तीसगढमा २९ माओवादी छापामारको मृत्यु

सुरक्षा फौजसँगको झडपमा परी कम्तीमा २९ जना माओवादी विद्रोहीको मृत्यु भएको प्रहरीले जनाएको

प्यालेस्टिनी समर्थक प्रदर्शनकारीद्वारा प्रमुख अमेरिकी शहरमा विमानस्थल राजमार्ग र प्रमुख पुलहरू बन्द

  प्यालेस्टिनी समर्थक प्रदर्शनकारीहरूले अमेरिकी सहर इलिनोइस, क्यालिफोर्निया, न्युयोर्क र प्यासिफिक नर्थवेस्टमा सडक

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि

  चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार भएको छ

इन्डोनेसियामा पहिरो परी मृत्यु हुनेको सङ्ख्या २० पुग्यो

  खोज र उद्धार टोलीले दक्षिण सुलावेसीको ताना तोराजामा थप दुई शव फेला