आगामी दुई साताको समय निकै असहज र चुनौतीपूर्णः ट्रम्प



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकीहरूलाई आगामी दुई साताको समय ’निकै असहज र चुनौतीपूर्ण हुने’ बताएका छन् । उनले अमेरिका ’अहिलेसम्म कहिल्यै सामना नगरिएको परीक्षामा रहेको’ बताएका छन् । ह्वाइटहाउसले अमेरिकामा महामारीले एक लाखदेखि दुई लाख ४० हजारको बीचमा मानिसहरूको ज्यान लिनसक्ने जनाएको छ ।

विश्वमै सबैभन्दा धेरै सङ्क्रमित रहेको अमेरिकामा अहिलेसम्म तीन हजार छ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । अधिकारीहरूले त्यहाँ तीस दिनको सामाजिक दूरी कायम गर्नेजस्ता कदमले सङ्क्रमितको सङ्ख्या कम गर्ने बताएका छन् । तर सुरुमा यस भाइरसलाई ’मौसमी रुघाखोकी’ भन्दै कम आँकेको र ढिलो कदमहरू चालेको भन्दै ट्रम्प आलोचित बन्दै आएका छन् ।

ट्रम्पले भने चीनमा भाइरसको सङ्क्रमण सुरु भएदेखि नै आफू यसको क्रुरताबारे सचेत भएको बताएका छन् । ह्वाइटहाउसका कोरोनाभाइरस मामिला हेर्ने संयोजक डा डेबोरा ब्रिक्सले यस सङ्कटबाट पार पाउन ’कुनै जादुजस्तो खोप वा चिकित्साविधान नरहेको’ बताइन् ।

तर मानिसहरूको व्यवहारमा परिवर्तन ल्याएर आउँदा तीस दिनमा नयाँ मोड दिन सकिने उनले बताइन् । लडाकू विमानहरू बोक्ने विश्वको एउटा ठूलो युद्धपोत ’यूएसएस थियडोर रुजवेल्टका कमाण्डरले भाइरस सङ्क्रमणको जोखिम बढेकोले जहाजमा रहेका चार हजारभन्दा बढी नौसैनिकहरूको जीवनरक्षा गर्न आग्रह गरेका छन् ।

अमेरिकी नौसेनाको नेतृत्वलाई क्याप्टेन ब्रेट क्रोजिअरले लेखेको चार पृष्ठ लामो एउटा विस्तृत पत्रमा सङ्क्रमणको फैलावटसँग जुझ्नका लागि युद्धपोतमा स्थान अभाव भएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका

रुसद्वारा २३५ अस्ट्रेलियालीलाई मस्को प्रवेशमा रोक

  अस्ट्रेलियाले रुसी निजी व्यक्ति र कानूनी संस्थाहरूमा प्रतिबन्ध लगाएपछि रुसको विदेश मन्त्रालयले

फिनल्यान्डलाई अस्थिर बनाउन पुटिनले आप्रवासन समस्या सिर्जना गरेको ईयू प्रमुखको आरोप

युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले रूसले छिमेकी मुलुक फिनल्यान्डमाथि आफ्नो ‘नश्लवादी’