झुट्टो दाबी गरिएको भन्दै ब्रिटेनमा मास्कका दुई विज्ञापनमा प्रतिबन्ध



कोरोनाभाइरसको सङ्क्रमण फैलिनबाट मुख छोप्ने मास्कले रोक्ने दाबी गरिएका दुईवटा कम्पनीका विज्ञापनलाई ब्रिटेनमा प्रतिबन्ध लगाइएको छ।

ब्रिटेनको नियामक निकाय एडभरटाइजीङ स्ट्यान्डर्ड अथोरीटी एएसएले इजी सपिङ फोर होम लिमिटेड र नोभाड्स ओयूले नियम मिचेको भन्दै यस्तो आदेश दिएको हो।

ती विज्ञापनहरू ‘भ्रामक, गैरजिम्मेवार र कुनै ‍औचित्यपूर्ण कारणविना भय फैलाउन सक्ने’ रहेको उक्त निकायको भनाइ छ। स्वास्थ्य अधिकारीहरूले भाइरस फैलिन नदिन धेरैपटक हात धुन सुझाव दिएका छन्।

इजी सपिङ फोर होम लिमिटेडको विज्ञापन अमेजनको वेबसाइटमा छापिएको थियो। नोभाड्स ओयूले बनाएको ‘अक्सिब्रेथ’ मास्कको विज्ञापन स्कटिश सन वेबसाइटमार्फत टेबोला नेटवर्क र अरू साइटहरूमा प्रकाशित भएको थियो।

अक्सिब्रेथ प्रोको विज्ञापनमा भनिएको थियो: “अवस्था धेरै चिन्ताजनक छ भन्नु जायज नहोला। मैले सुनेको सबैभन्दा राम्रो सुझाव धैर्यवान बन्नु र आफूलाई सुरक्षित बनाउन व्यवहारिक कदम चाल्नु हो।”

एएसएले ती विज्ञापनहरूले वास्तविक सुझाव नदिएको भन्दै ती भ्रामक रहेको जनाएको छ। एक प्रवक्ताले ब्रिटेनको जनस्वास्थ्य निकायले एएसएलाई आफूहरूले मास्कले कोरोनाभाइरसको सङ्क्रमणबाट जोगाउने भनेर सुझाव नदिने बताएको जानकारी दिए।

एएसएले उपचार गर्ने थलो बाहिर मास्क प्रयोग गर्दा त्यसबाट हुने व्यापक लाभबारे कम प्रमाण रहेको आफूले बुझेको जनाएको छ।

उक्त निकायले लामो समयसम्म मास्कको प्रयोग गर्दा त्यसले सङ्क्रामक रोग फैलनबाट रोक्ने विश्वव्यापी मान्यता पाएको स्वस्थ व्यवहारको पालनाको सुनिश्चितता कम गराउने उल्लेख गरेको छ। मास्क प्रयोगभन्दा निरन्तर हात धुने कुरामा जोड दिइएको छ।

ब्रिटेनको राष्ट्रिय स्वास्थ्य निकाय एनएचएसका निर्देशक स्टेफन पोविसले व्यवसायिक नाफाको लोभमा कतिपय ‘स्वार्थी फर्म’हरूले यस्ता खतरनाक सन्देश दिने गरेको र त्यसलाई प्रतिबन्ध लगाएर सही कदम चालिएको बताए।

उनले जिम्मेवार फर्महरूले कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रणका लागि सकारात्मक भूमिका खेल्नुपर्ने र घरबाटै काम गर्न र अन्य स्वस्थ रहने उपाय अवलम्बन गर्न प्रोत्साहन दिइनुपर्ने उल्लेख गरे। सत्तरीभन्दा बढी देशमा ९० हजार भन्दा बढी मानिसलाई कोरोनाभाइरसको सङ्क्रमण देखा परेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाइडनद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर

वासिङ्टनले केही घण्टाभित्रै किएभलाई नयाँ सहयोग पठाउन थाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका

घूस लिएको आरोपमा रूसी उपरक्षामन्त्री पक्राउ

रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएको

फिलिपिन्समा  गर्मीका कारण ६ जनाको मृत्यु

  फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशत

  अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ