अफगानिस्तानमा तालिबानको आक्रमणमा २४ घण्टामा २० जनाको मृत्यु



तालिबानले अफगान सेनासँग आंशिक रूपमा युद्धविराम भङ्ग गरेपछि अफगानिसस्तानमा पुन: लडाइँ सुरु भएको छ। त्यसबाट आगामी साता हुने भनिएको शान्तिवार्ताप्रति सन्देह उत्पन्न भएको छ।

अधिकारीहरूका अनुसार १६ भन्दा बढी प्रान्तमा दुई पक्षबीच सङ्घर्ष भएको छ। त्यहाँ भएका घटनामा आठ विद्रोही, छ सामान्य नागरिक र आठ सुरक्षाकर्मीको ज्यान गएको बताइन्छ।

अफगान सरकारले तालिबानले स्थानीय स्तरमा पुन: आक्रमण सुरु गरेको २४ घण्टामा २० जनाको मृत्यु भएको जनाएको छ। यसैबेला अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक तालिबान नेतासँग “धेरै राम्रो कुराकानी” भएको बताएका छन्।

गत सप्ताहान्तमा अमेरिका र तालिबानबीच भएको शान्ति सम्झौतापश्चात् उनीहरूबीच टेलिफोनमा कुराकानी भएको हो। तालिबानका एक प्रवक्ताले अमेरिकी राष्ट्रपति र मुल्ला अब्दुल गनी बरादरबीच आधा घण्टाभन्दा लामो कुराकानी भएको बताए। उनले दुवै नेताले अफगानिस्तानमा शान्ति स्थापना गर्ने इच्छा व्यक्त गरेको जानकारी दिए।

तालिबानका अनुसार ट्रम्पले आफ्ना विदेशमन्त्री माइक पोम्पेओलाई अफगान राष्ट्रपति अशरफ गनीसँग कुराकानी गर्न लगाउनेछन्। त्यसो गर्दा अफगान सरकार र तालिबानबीच वार्ता सुनिश्चित हुने र शान्ति सम्झौताअनुसार योजना बनाउन सकिने उसको भनाइ छ।

कैदी आदानप्रदान गर्ने विषयमा विद्यमान विवादले उक्त सम्झौतामाथि प्रश्न उठेको छ। त्यसमा अफगान सरकार प्रत्यक्ष रूपमा संलग्न छैन।

सम्झौताअनुसार आगामी मार्च १० सम्ममा झन्डै ५,००० तालिबान कैदी र १,००० अफगान सुरक्षाकर्मी आदानप्रदान गरिनेछ।

सोही मितिमा तालिबान र अफगान सरकारबीच वार्ता सुरु हुन लागेको छ। तर अफगानिस्तानका राष्ट्रपति अशरफ गनीले आइतवार आफ्नो सरकार त्यसमा सहमत नभएको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त भएका एकसय ३० भन्दा

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय ६ महिना थप

बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ महिना थप गरेको छ

कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज,

नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन

नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन भएको छ । व्यवहारिक