उत्तरी नाइजेरियामा लुटेरा समूहको आक्रमणमा कम्तीमा ५० जनाको मृत्यु



उत्तरी नाइजेरियाको विभिन्न गाउँमा भएका लुटेरा समूहको आक्रमणहरूमा परी कम्तीमा ५० व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । लुटेराहरूले चौपाया चोरी गर्ने र अपहरण गर्ने क्रममा गाउँलेहरूले प्रतिकारको प्रयास गर्दा उनीहरूमाथि आक्रमण भएको नाइजेरियाको प्रहरीले बताएको छ ।

स्रोतहरूका अनुसार लुटेराको करिब १०० जनाको सशस्त्र जत्थाले कादुना राज्यको केरावा, जारेयावा र मिन्दा गाउमा आइतबार बिहान मस्जीदमा प्रार्थना गर्न पुगेका क्रिश्चियन धर्मावलम्बीलाई गोली हानी हत्या गरेका थिए । गाउँलेको हत्यापछि गाउमा पसी उनीहरूका चौपाया लुटेका थिए भने केटाकेटीलाई अपहरण गरी लगेका सांसद जैयद इब्राहिमले बताए । लुटेराहरूले स्थानीय दर्जनौँ घरहरूमा आगजनीसमेत गरेको पनि बताइएको छ ।

नाइजेरियाको सेनाले लुटेरा लुकेर बसेका स्थानमा गाउलेहरूको सहयोगमा गरेको आक्रमणको बदलामा गाउँलेहरूको निर्मम हत्या भएको स्थानीय प्रशासक दायेबु केरावाले एएफपीलाई बताए । कादुनाको प्रहरी प्रवक्ता मोहम्मद जालिजले घटनाबारे अनुसनधान सुरू भएको बताएका छन् ।

नाइजेरियामा पछिल्ला केही वर्षमा आपराधिक समूहहरूको आक्रमणमा परी गाउँलेहरूको मृत्यु हुने क्रम बढेको छ । नाइजेरियामा लुटेराहरूले चौपाया तथा गाउलेको सम्पत्ती लुट्ने र अपहरण गर्ने क्रममा वर्षेनी सयौँ गाउँलेको हत्या गर्ने र गाउँमा आगो लगाइदिने घटना भइरहने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ठगी आरोपमा क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय

क्रिप्टो कारोबारका क्रममा ठूलो अनियमितता र ठगी गरेको आरोप लागेका साम ब्याङ्कम्यान–फ्राइडलाई अमेरिकी

भारतको जम्मु-श्रीनगरमा ट्याक्सी दुर्घटनामा १० जनाको मृत्यु

भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो खोलामा शुक्रबार ट्याक्सी खस्दा दश

चीनमा शिक्षालाई बढावा दिन एआई अभियान सुरु

चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई) अभियान सुरु गरेको छ । यो

बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी

यसवर्ष सन् २०२४ को बोआओ फोरमको एसियाली वार्षिक सम्मेलनमा विश्वले आज सामना गरिरहेका