मलेसियाका नयाँ प्रधानमन्त्री मोहिउद्दीन यासिनद्वारा शपथ



मलेसियामा पूर्व गृहमन्त्री मोहिइद्दीन यासिनले आइतबार प्रधानमन्त्री पदको शपथ लिएका छन् । ९४ वर्षीय प्रधानमन्त्री महाथिर मोहम्मदको सुधारवादी सरकारको पतन भएसँगै चौतर्फी भ्रष्टाचार र घोटालामा नाम जोडिएको शक्तिको पुनः उदय भएको छ । पूर्व प्रधानमन्त्री महाथिरले वर्तमान सरकारको गठन अवैधानिक रहेको दाबी गरेका छन् । सन् २०१८ मा ऐतिहासिक विजयका साथ उदय भएको महाथिरको सुधारवादी “प्याक्ट अफ होप” नामको गठबन्धनभित्र मौलाएको आन्तरिक कलहकै कारण सरकार पतन भएको थियो ।

सत्ता कलहलाई थामथुम पार्नुको साटो प्रधानमन्त्रीको पदबाटै राजीनामा दिनुभएका महाथिरले सर्वपक्षीय सरकार गठन गर्ने प्रयास गर्नु भएको थियो । तर महाथिरको त्यो प्रयास विफल भयो । मलेसियाको राजनीतिमा कमै चिनिएका यासिनले नयाँ गठबन्धनको नेतृत्व गरी सरकार गठन गरेका छन् । शनिबार राजाले मोहिउद्दीनलाई प्रधानमन्त्रीको रूपमा छनौट गर्ने निर्णय गरेलगत्तै महाथिर र उनको दलका नेताहरु स्तब्ध भएका थिए । महाथिर र उहाँका सहयोगीहरूले आफूहरुसँग पर्याप्त समर्थन रहेको दाबी गरिरहेका थिए । प्रजातान्त्रिक तवरले चुनिएको सरकारलाई जबर्जस्ती सत्ताच्यूत गरिएको भन्दै उनीहरुले विरोध जनाएका छन् ।

मोहिउद्दीनको सपथग्रहण समारोह हुनुअघि महाथिरले उनीमाथि विश्वासघात भएको आरोप लगाउँदै नयाँ प्रधानमन्त्रीले संसदबाट बहुमत ल्याएर देखाउन चुनौती दिए । महाथिरको उक्त मन्तव्यका कारण मुलुकको राजनीतिक सङ्कट जारी रहेको जानकारहरुको भनाई छ । मुहिउद्दीनको गठबन्धनमा भ्रष्टाचारको आरोप खेपिरहेका पूर्व प्रधानमन्त्री नजिब रजाकको नेतृत्वमा रहेको युनाइटेड मलेज नेसनल अर्गनाइजेसन (युएमएनओ)का साथै कडा मुस्लिम कानुनको वकालत गर्ने कट्टरपन्थी समूहहरु रहेका छन् । पूर्व प्रधानमन्त्री नजिब अहिले भ्रष्टाचारसम्बन्धी मुद्दा खेपिरहेका छन् ।

महाथिरले अन्तिम समयसम्म पनि आफूसँग बहुमत रहेको दाबी गर्नु भएको थियो, तर मुहिउद्दीनको शपथ कार्यक्रम आइतबार बिहानै गरिएको थियो । महाथिरको गठबन्धनले उक्त समारोह नै बहिस्कार गरेको थियो । मलेसियाको संविधान बमोजिम प्रधानमन्त्री बन्नका लागि कम्तिमा ११२ सांसदको समर्थन आवश्यक हुन्छ ।

मलेसियामा बहुमत प्राप्त दल वा गठबन्धनको नेतालाई राजाले देशको प्रधानमन्त्री घोषणा गर्ने व्यवस्था छ । यसैबीच सुधारवादी गठबन्धनलाई सरकारबाट विमुख गराएको भन्दै जनताको क्रोध व्यक्त गरेका छन् । ट्विटरमा “नटमाईपीएम” ह्यासट्यागमा एक लाखभन्दा बढी व्यक्तिले राजाको पछिल्लो कदम २०१८ को चुनावी नतिजामाथि धोका भएको बताएका छन् । सन् १९८१ देखि २००३ सम्म मलेसियाको प्रधानमन्त्री रहेका महाथिर दुई वर्षअघि चुनाव जितेर पुनः सत्तामा आएका छन् । सरकार परिवर्तनका कारण नजिक रजाक विरुद्ध अदालतमा चलिरहेको मुद्दामा पनि सरकार परिवर्तनले असर पार्न सक्ने भन्दै महाथिर चिन्ता व्यक्त गरेका छन् ।

विश्लेषकहरूले संसदमा बहुमत रहे नरहेको स्पष्ट भइनसकेका कारण मोहिउद्दीनको सरकार कमजोर स्थितिमा रहेको बताएका छन् । खासै जनाधार नरहेको सानो दलको प्रतिनिधित्व गर्ने मोहिउद्दीनलाई संसदमा बहुमत जुटाउन फलामको च्यूरा चपाए सरह हुनेछ । १ एमडीबी घोटाला सम्बन्धी आलोचना गरेका कारण सन् २०१५ मा नजिबले आफ्नो पार्टीबाट निष्काशन गरेपछि मोहिउद्दीन महाथिरको गठबन्धनमा समावेश भएका थिए । यसैबीच, मोहिउद्दीनले गत साता नाटकीय रुपमा रजाक नेतृत्वको युएमएनओ पार्टीसँग हात मिलाउनु भएको थियो, यद्यपी उहाँले पार्टीको सदस्यता भने लिएा छैनन् । उनी एक मुसलमान राष्ट्रवादी नेता हुन् ।

मलेसियाको कूल जनसंख्याको करिब ६० प्रतिशत आदिवासी मलाए मुस्लिम छन्, र यहाँ चिनियाँ एवं भारतीय अल्पसंख्यकहरूको पनि बाक्लो उपस्थिति छ । सत्तारुढ गठबन्धनका सांसदहरूले नयाँ सरकार गठन गर्न र महाथिरका सम्भावित उत्तराधिकारी अन्वर इब्राहिमलाई हटाउन विपक्षीसँग हात मिलाएसँगै मलेसियामा एक हप्ताअघि राजनीतिक सङ्कट सुरु भएको थियो । एक हप्ताको गतिशील आरोह अवरोहबीच महाथिर र अन्वरबीच नेतृत्वको लडाइँ तिब्र बनेको थियो । त्यसपछि उनीहरु अन्तिम समयमा मोहिउद्दीनलाई रोक्न फेरि एक ठाउँमा सामेल भएका थिए, तर यो प्रयास निकै ढिलो भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनको चेर्निहिभमा रुसी हमलामा १७ को मृत्यु

किभ (युक्रेन) । युक्रेनको व्यस्त डाउनटाउन जिल्ला चेर्निहिभमा बुधबार तीनवटा रूसी मिसाइल प्रहार

चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

  भ्रष्टाचारविरुद्धको एक दशक लामो कारवाहीको पछिल्लो घटनामा चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी

राष्ट्रसङ्घद्वारा प्यालेस्टाइनी क्षेत्रका लागि २.८ अर्ब डलरको फ्ल्यास अपील सार्वजनिक

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्टसङ्घीय कार्यालय (युएनओसिचएचए) ले प्यालेस्टिनी क्षेत्रका लागि २.८२२

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर गत मार्च महिनामा बढेर ३.८