चीनमा प्रदूषण घट्यो, आर्थिक मन्दी कारक



स्याटलाइट तस्बिरहरूले चीनमा वायु प्रदूषणको मात्रा  रूपमा घटेको देखाएका छन्। अमेरिकी अन्तरिक्ष निकाय नासाले ‘आंशिक भएपनि’ कोरोनाभाइरस सङक्रमणका कारण निम्तिएको आर्थिक मन्दी कारक रहेको नासाले बताएको छ।

नासाको नक्सामा यो वर्ष नाइट्रोजन डाइअक्साइडको तह झरेको पाइएको हो। कोरोनाभाइरस नियन्त्रण प्रयत्न स्वरूप चीनमा कारखानाहरूमा कम काम गरिएको छ र कैयौँ उत्पादकहरूले काम रोकेका छन्।

चीनमा कोरोनाभाइरस सङ्क्रमण सुरु भएयता करिब ८० हजार जनामा सङ्क्रमण भएको रेकर्ड गरिएको छ। सङ्क्रमण ५० देशमा फैलिएको छ तर अधिकांश सङ्क्रमण र मृत्यु चीनमा भएको छ जहाँ सबभन्दा पहिला यो भाइरस देखा परेको थियो।

नासाले सन् २०१९ को जनवरी, फेब्रुअरी र यो वर्षको जनवरी, फेब्रुअरीको तथ्याङ्क तुलना गरेको थियो।

नासाले चीनमा यातायात र व्यवसायिक गतिविधिमा रोक लगाइएको, दशौँ लाख मानिस क्वारन्टिनमा रहेको र नाइट्रोजन डाइअक्साइड घटेको समयावधि मिलेको बताएको छ।

सन् २००८ को आर्थिक मन्दीका बेला पनि नाइट्रोजन डाइअक्साइडको तह घटेको आफूले देखेको उनले बताइन्। तर त्यसबेला बिस्तारै मात्र घटेको बताइएको छ।

नासाका अनुसार हरेक वर्ष चिनियाँ नयाँ वर्ष पर्ने समय अर्थात् र्ज्यानुअरी अन्त्यतिर वा फेब्रुअरी सुरुतिरका बेला प्रदूषण केही घटेको पाइन्थ्यो। तर पर्व सकिएपछि पुन: बढ्ने गर्थ्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टेस्लाले १० प्रतिशत कर्मचारी कटौती गर्ने

टेस्लाले लागत घटाउन र उत्पादकत्व बढाउन आफ्नो विश्वव्यापी जनशक्तिको ‘१० प्रतिशतभन्दा बढी’ कटौती

सन् २०२१ को काबुल आक्रमण रोक्न सकिने अवस्था नभएको अमेरिकी भनाई

सन् २०२१ मा काबुलमा भएको आत्मघाती बम विष्फोटमा परी १३ जना अमेरिकी सैनिकसहित

बाढीका कारण तान्जानियामा ५८ जनाको मृत्यु

पूर्वी अफ्रिकी देश तान्जानियामा भारी वर्षा जारी रहँदा गत दुई हप्तामा बाढीका कारण

पाकिस्तानमा चट्याङ र वर्षाका कारण ४१ जनाको मृत्यु

पाकिस्तानमा शुक्रबारदेखि आइतबारसम्ममा चट्याङ, हावाहुरी र बर्षाका कारण कम्तीमा ४१ जनाको मृत्यु भएको