विदेशीलाई मक्का मदिना भ्रमणमा प्रतिबन्ध



साउदी अरेबियाले इस्लाम धर्मालम्बीहरूको सबैभन्दा पवित्रस्थल मक्का मदिना लगायतका धार्मिक भ्रमणका लागि विदेशी नागरिकहरूको आगमनमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

उमराका लागि वर्षभरि लाखौँ मानिस साउदी अरेबिया पुग्ने गर्छन् र हजको बेला त्यहाँ पुग्नेहरूको सङ्ख्या ह्वात्तै बढ्छ । जुलाईको अन्त्यतिर शुरू हुने हजलाई यसले असर गर्ने वा नगर्ने स्पष्ट छैन । नयाँ कोरोनाभाइरस फैलिएका देशबाट आउने पर्यटकहरूलाई पनि प्रतिबन्ध लगाइएको छ । साउदी अरेबियामा हालसम्म कोरोनाभाइरसको सङ्क्रमण देखिएको छैन ।

इस्लाम धर्म अनुसार मक्कामा पैगम्बर मोहम्मदको जन्म भएको थियो भने मदिनामा उनको अन्तिम संस्कार गरिएको थियो । विदेश मन्त्रालयले यो निर्णय अस्थायी भएको बताए पनि यो कहिले अन्त्य हुन्छ भन्ने बताएको छैन । साउदी अरेबियाले अक्टोबरदेखि चार लाख विदेशीलाई प्रवेशाज्ञा जारी गरेको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाइडनद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर

वासिङ्टनले केही घण्टाभित्रै किएभलाई नयाँ सहयोग पठाउन थाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका

घूस लिएको आरोपमा रूसी उपरक्षामन्त्री पक्राउ

रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएको

फिलिपिन्समा  गर्मीका कारण ६ जनाको मृत्यु

  फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशत

  अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ