इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुवारकको निधन



इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुवारकको मङ्गलबार ९१ वर्षको उमेरमा निधन भएको छ । करिब तीन दशक इजिप्टको नेतृत्वमा रहेका मुवारकलाई सन् २०११ मा अरब वसन्त नाम दिइएको आन्दोलनको भरमा पदच्युत गरिएको थियो ।

उनको मृत्युको पुष्टि पूर्वराष्ट्रपतिका छोरा अला मुवारक तथा राष्ट्रपतिको कार्यालयबाट सूचनालाई उद्धृत गरी राष्ट्रिय टेलिभिजनमार्फत गरिएको छ । उनको अन्तयेष्टि सैन्य सम्मानका साथ बुधबार हुने जनाइएको छ ।

इजिप्टका पूर्व राष्ट्रपति अन्वर अल–सादतको इस्लामिक लडाकूद्वारा सन् १९८१ मा हत्या भएपछि मुवारक सत्तामा राष्ट्रपति बनेका थि ए । सन् २०११ जनवरी २५ मा उनलाई आन्दोलनको बलमा पदच्युत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका

रुसद्वारा २३५ अस्ट्रेलियालीलाई मस्को प्रवेशमा रोक

  अस्ट्रेलियाले रुसी निजी व्यक्ति र कानूनी संस्थाहरूमा प्रतिबन्ध लगाएपछि रुसको विदेश मन्त्रालयले

फिनल्यान्डलाई अस्थिर बनाउन पुटिनले आप्रवासन समस्या सिर्जना गरेको ईयू प्रमुखको आरोप

युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले रूसले छिमेकी मुलुक फिनल्यान्डमाथि आफ्नो ‘नश्लवादी’