भारतमा भएको हिंसात्मक प्रदर्शनमा कम्तीमा दश जनाको मृत्यु



भारतको राजधानी दिल्लीमा नयाँ नागरिकतासम्बन्धी कानुनको पक्ष र विपक्षमा उत्रिएका प्रदर्शनकारीहरूबीच दङ्गा भड्किँदा त्यहाँ दशकौँयताको सबभन्दा खराब हिंसा भएका छन्।

कम्तीमा १० जनाको ज्यान गइसकेको छ। तीमध्ये एक प्रहरी थिए। कैयौँ प्रहरीसहित डेढ सय मानिस घाइते भएका छन्।

लाठी र ढुङ्गा बोकेका भिडले कुटपिट गर्दै हिँड्ने हिन्दूवादी समूहसँग सम्बन्धित नारा लगाएका छन्। हिंसाले साम्प्रदायिक स्वरूप ग्रहण गरिरहेको छ। हिन्दू र मुस्लिम भिडबीच झडप भएका छन्।

पसल तथा घरहरू जलाइएका छन्। पत्रकारहरूमाथि पनि हमला भएका छन्। उनीहरूलाई दङ्गाको दृश्य भिडिओ नखिच्न चेतावनी दिइएका छन्।

भारतका गृहमन्त्री अमित शाहले शान्तिको अपिल गरेका छन्। गृहमन्त्रालयले उत्तेजक बयानबाजी नगर्न चेतावनी दिएको छ तथा दिल्लीको छिमेकी राज्यहरू उत्तर प्रदेश र हरियाणासँगको सिमानामा निगरानी बढाएको छ। हिंसाले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको भारत भ्रमण समेत छायाँमा पारेको छ।

अधिकांश झडप उत्तर-पूर्वी दिल्लीको मुस्लिमबहुल इलाकाहरूमा भएका छन्। ती इलाका राष्ट्रपति ट्रम्पले भारतीय नेताहरूसँग भेटघाट गरेको दिल्लीको केन्द्रबाट करिब १८ किलोमिटर पर छन्।

नागरिकता संशोधन ऐन (सीएए) पारित भएदेखि नै त्यसले भारतमा विशाल विरोध प्रदर्शन निम्त्याएको छ। तीमध्ये केही प्रदर्शन हिंसात्मक भएका थिए। तर हालसम्म दिल्लीमा भएका प्रदर्शन शान्तिपूर्ण नै थिए।

आलोचकहरूले उक्त कानुन मुस्लिम विरोधी भएको भनेका छन्। पत्रकार सम्मेलनका बेला दिल्लीमा भड्किएको हिंसाबारे सोधिएको एक प्रश्नको ट्रम्पले सिधै जबाफ दिएनन्। उनले ‘तीबारे सुनेको’ तर ती घटना ‘भारतले नै’ व्यवस्थापन गर्ने बताए। वर्तमान दङ्गा प्रधानमन्त्री मोदीका निम्ति लज्जाजनक हुनेछ किनभने त्यसले ट्रम्प भ्रमणलाई ओझेलमा पारिदिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डब्ल्यूएचओद्वारा मलावीलाई ९० लाख डलर बराबरको चिकित्सा सामग्री सहयोग

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मलावी सरकारलाई देशका सार्वजनिक अस्पताललाई सहयोग गर्न ९०

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान समर्थित गठबन्धन आरक्षित सिटका लागि योग्य ठहर

इस्लामावाद । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानको पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई) पार्टी समर्थित

युक्रेनी ड्रोन आक्रमणपछि रूसी इन्धन डिपोमा आगलागी

युक्रेनी ड्रोन आक्रमणपछि रुसको रोस्तोभ क्षेत्रमा शनिबार एउटा इन्धन डिपोमा आगलागी भएको यसका

जासुसीको आरोप फिर्ता लिन क्रेमलिनलाई अष्ट्रेलियाका प्रधानमन्त्रीको आग्रह

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजले मस्कोका लागि जासुसीको आरोपमा ब्रिस्बेनस्थित दम्पतीको गिरफ्तारीमा रुसी आलोचनालाई