कोरोना भाइरसका कारण जापानको तटनजिकै रोकिएको पानीजहाजमा सङ्क्रमण भएका दुई यात्रुको मृत्यु



धेरै यात्रुहरूमा नयँ कोरोनाभाइरसको सङ्क्रमण अर्थात् कोभिड-१९ भएको पाइएपछि जापानी तटनिर धेरै दिनदेखि क्वारन्टीनमा राखिएको एउटा क्रूज पानीजहाजका दुई यात्रुको मृत्यु भएको छ।

ती दुई व्यक्ति ८० वर्षभन्दा धेरै उमेरका जापानी नागरिक थिए र उनीहरू पुराना रोगबाट पनि पीडित थिए। कोभिड-१९ भएको पाइएपछि उनीहरूलाई बाहिर अस्पताल लगिएको थियो।

उक्त पानीजहाजमा भएका यात्रुमध्ये कम्तीमा ६२१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो। त्यहाँ चीनबाहिर एकै ठाउँमा सबैभन्दा ठूलो सङ्ख्यामा मानिसहरूलाई सङ्क्रमण भएको हो।

उक्त पानीजहाजमा ३,७०० मानिस सवार थिए। परीक्षणमा सङ्क्रमण नभएको पाइएका यात्रुलाई १४ दिने क्वारन्टीनपश्चात् बुधवारबाट बाहिर जान दिइएको छ।

बिहीवार पनि यात्रुहरू उक्त जहाजबाट बाहिरिने क्रम जारी छ। सो पानीजहाजमा सङ्क्रमण फैलिएपछि जापानले त्यसबारे गरेको व्यवस्थापनको आलोचना भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ठगी आरोपमा क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय

क्रिप्टो कारोबारका क्रममा ठूलो अनियमितता र ठगी गरेको आरोप लागेका साम ब्याङ्कम्यान–फ्राइडलाई अमेरिकी

भारतको जम्मु-श्रीनगरमा ट्याक्सी दुर्घटनामा १० जनाको मृत्यु

भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो खोलामा शुक्रबार ट्याक्सी खस्दा दश

चीनमा शिक्षालाई बढावा दिन एआई अभियान सुरु

चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई) अभियान सुरु गरेको छ । यो

बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी

यसवर्ष सन् २०२४ को बोआओ फोरमको एसियाली वार्षिक सम्मेलनमा विश्वले आज सामना गरिरहेका