रुसी राष्ट्रपति पुटिनद्वारा आफ्ना एक प्रमुख रणनीतिकार बर्खास्त



रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना अतिनिकटवर्ती मध्येका एक सल्लाहकार भ्लादिस्लाफ सुर्कोफलाई पदबाट बर्खास्त गरेका छन्।

राष्ट्रपतिमाथि उनको प्रभावलाई लिएर गुप्त रणनीतिकार सुर्कोफलाई रुसमा पर्दा पछाडिको शक्तिका रूपमा हेरिन्थ्यो। पुटिनको शक्ति मजबुत पार्न सघाउने एक सहयोगीका रूपमा पनि सुर्कोफलाई हेरिन्थ्यो।

सुर्कोफले युक्रेन बारेको रुसी नीतिलाई पनि हेरेका थिए, तर पछि त्यससम्बन्धी केही जिम्मेवारीबाट उनलाई मुक्त गरिएको थियो।

पुटिनका अनुभवी तथा निकटवर्ती सहयोगी दिमित्री कोजाकलाई यसै महिनाको शुरूतिर युक्रेनी मामिला हेर्ने जिम्मेवारी दिइएको थियो।

रुसी राष्ट्रपतिको कार्यालय क्रेम्लिनले सुर्कोफलाई नयाँ जिम्मेवारी दिइने वा नदिइनेबारे स्पष्ट पारेको छैन। क्रेम्लिनको वेबसाइटमा राखिएको एउटा वक्तव्यमा पनि सुर्कोफलाई बर्खास्त गर्नुको कुनै सङ्केत गरिएको छैन।

व्यापक शक्ति भएको बेला एउटा समय थियो जब पर्दा पछाडि रहने भ्लादिस्लाफ सुर्कोफको भूमिकाविना रुसको राजनीतिमा केही हुँदैनथ्यो।

डुमामा राजनीतिक दलहरू तथा सडकमा पुटिन समर्थक युवा समूहहरूमाथि उनको नियन्त्रण हुन्थ्यो। क्रेम्लिनका नीतिहरूप्रति विरोध जनाउने कलाकारहरूलाई उनले सहयोग गरे।

राजनीतिक विपक्षीहरूमाथि पनि उनले नियन्त्रण राखेको कतिपयको आशङ्का छ। सन् २०११-१२ मा पुटिन शासनको विरोधमा भएका प्रदर्शनका क्रममा पहिलो पटक उनले समर्थन गुमाए।

सडकहरूमा भएका प्रदर्शनमाथि नियन्त्रण कायम गर्न नसकेकोमा धेरैले त्यसलाई उनको असफलताको रूपमा अर्थ्याए। त्यसभन्दा अझ नराम्रो भन्नुपर्दा त्यसलाई घातको रूपमा हेरियो।

पछि पूर्वी युक्रेनमा रुसी आक्रमणलाई सफलतापूर्व अघि बढाएपछि उनी पुनः उदाए। तर अब उनको त्यो शक्ति पनि गयो।

तर सुर्कोफलाई पदबाट बर्खास्त गरिएको यो पहिलो घटना चाहिँ होइन। यो अन्तिम नहुन पनि सक्छ। क्रेम्लिन प्रशासनका प्रथम उपप्रमुखका रूपमा सुर्कोफले संसद्‌मा राजनीतिक दलहरूलाई र चुनावी अभियानहरूलाई हेरे जसले पुटिनलाई जित दिलायो।

तर सन् २०११ मा उपप्रधानमन्त्री बनाइएपछि उनको प्रभाव कम हुन थाल्यो। सन् २०१३ मा उनलाई रुसको युक्रेन सँगको सम्बन्ध तथा सोभियत सङ्घबाट छुट्टिएका देशहरू सँगको सम्बन्ध हेर्ने जिम्मेवारी दिइयो।

सन् २०१४ मा मस्कोले युक्रेनको दक्षिणी क्राइमिआ प्रायःद्वीपलाई रुसमा गाभ्यो र पूर्वी युक्रेनमा रुसीभाषी पृथकतावादीहरूलाई समर्थन गर्‍यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फिलिपिन्समा  गर्मीका कारण ६ जनाको मृत्यु

  फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशत

  अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ

चीनद्वारा ‘सेनझोउ–१८’ चालक दल अन्तरिक्ष मिशन कार्यको खुलासा

  सेनझोउ–१८ का अन्तरिक्ष यात्रीले चीनको अन्तरिक्ष स्टेसनमा आफ्नो छ महिनाको बसाइमा विभिन्न

जापानको मानवरहित चन्द्रमा ल्यान्डर तेस्रो चन्द्र रातसम्म जीवित

  जापानको चन्द्रमा ल्यान्डर आफ्नो प्रमुख कार्यपछि दुई साताको अर्को चिसो चन्द्र रातमा