चीनबाट आएका आगन्तुकलाई अस्ट्रेलिया प्रवेशमा प्रतिबन्ध



कोरोना भाइरसबाट नराम्रोसँग प्रभावित चीनको मुख्य भूभागबाट आउने यात्रुहरूलाई अस्ट्रेलिया प्रवेशमा लगाइएको प्रतिबन्ध कम्तिमा अरु एक हप्ताका लागि बढाउने अस्ट्रेलिया सरकारले घोषणा गरेको छ । पछिल्लो समय चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तिब्र रुपमा बढेपछि अस्ट्रेलियाले उक्त निर्णय गरेको जनाएको छ ।

प्रधानमन्त्री स्कट मोरिसनले अस्ट्रेलियालीलाई कोरोना भाइरसको जोखिमबाट जोगाउन अरु केही हप्ता चीनको मुख्य भूभागबाट आउने आगन्तुकमाथि रोक लगाइएको जानकारी दिए ।
उनले यो प्रतिबन्ध भाइरसको परिस्थितिमा विचार गरेर हप्तैपिच्छे निर्णय लिइने बताए ।

यस निर्णयले अष्ट्रेलियाका पर्यटन व्यवसायीलाई ठूलो चोट पुगेको छ । चिनियाँ पर्यटकको हिस्सा घटेपछि व्यवसायमा ठूलो नोक्सानी भएको छ । साथै नयाँ शैक्षिक वर्षका लागि अष्ट्रेलिया फर्कने आशा गरिरहेका हजारौं चिनियाँ विद्यार्थी अलपत्र परेका छन् ।

नयाँ कोरोना भाइरसबाट चीनमा मृत्यु हुने र सङ्क्रमित व्यक्तिको संख्या नाटकीय रुपमा बढेको छ । पछिल्लो विवरणमा चीनमा मात्र एक हजार ३५० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने ५० हजारभन्दा बढीमा कोरोनाको सङ्क्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्यालेस्टिनी समर्थक प्रदर्शनकारीद्वारा प्रमुख अमेरिकी शहरमा विमानस्थल राजमार्ग र प्रमुख पुलहरू बन्द

  प्यालेस्टिनी समर्थक प्रदर्शनकारीहरूले अमेरिकी सहर इलिनोइस, क्यालिफोर्निया, न्युयोर्क र प्यासिफिक नर्थवेस्टमा सडक

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि

  चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार भएको छ

इन्डोनेसियामा पहिरो परी मृत्यु हुनेको सङ्ख्या २० पुग्यो

  खोज र उद्धार टोलीले दक्षिण सुलावेसीको ताना तोराजामा थप दुई शव फेला

इरानद्वारा आणविक केन्द्र बन्द

  इरानले सप्ताहन्त्तमा इजराइलमाथि ठूलो मात्रामा ड्रोन र मिसाइल हमला गरेपछि ‘सुरक्षाका कारण’