थाईल्यान्डमा २१ जनालाई गोली हानी मार्ने सैनिक पनि मारिए



थाईल्यान्डमा आफ्ना कमान्डरसहित २१ जनालाई गोली हानी मारेका एक सैनिकलाई सुरक्षाकर्मीले मारिदिएको प्रहरीले बताएको छ।

जक्रफन्थ थोम्मा नामक ती सैनिकले शनिवार आफ्नो कमान्डरलाई मारेर सैनिक शिविरबाट हतियार चोरेका थिए। नकोन रात्चासिमा नगरमा भएको उक्त घटनामा ती सैनिकले त्यहाँस्थित एउटा किनमेल केन्द्रमा गएर पनि अन्धाधुन्ध गोली चलाएका थिए।

उनले विभिन्न सामग्री सामाजिक सञ्जालमा पनि हालिरहे। तर उनको उद्देश्य प्रस्ट भएको छैन। आइतवार सबेरै थाईल्यान्डका जनस्वास्थ्य मन्त्रीले आफ्नो फेसबुकमा ती सैनिकलाई मारिदिएकोमा सुरक्षाकर्मीलाई धन्यवाद दिएका छन्।

स्थानीय समय अनुसार बिहान ३ बजेतिर किनमेल केन्द्रमा सुरक्षाकर्मी घुसेपछि गोली चलेका आवाज आएका थिए। केन्द्रमा लुकिरहेका ती हतियारधारी सैनिकलाई कब्जामा लिन गरिएको कारबाहीमा एकजना सुरक्षाकर्मी मारिएको तथा दुईजना घाइते भएको बताइएको छ।

कैयन् मानिसहरूलाई किनमेल केन्द्रबाट सुरक्षित बाहिर निकालिएको थियो तर अझै कतिपयलाई त्यहाँभित्र बन्धक बनाइएको हुनसक्ने ठानिएको थियो।

स्थानीय समय अनुसार साढे ९ बजेतिर प्रहरीले बन्दुकधारी मारिएको पुष्टि गर्‍यो तर कारबाहीको विवरण भने खुलाइएको छैन। यसअघि विवरणहरूमा ३२ वर्षीय ती बन्दुकधारी भवनको पछिल्तिरबाट भाग्न खोजेको जनाइएको थियो।

आत्मसमर्पण गर्न लगाउन उनको आमालाई पनि त्यहाँ लगिएको थियो। शनिवार स्थानीय समय साढे ३ बजेतिर त्यहाँको सैनिक शिविरमा ती सैनिकले कमान्डरलाई मारिदिएपछि घटना सुरु भएको थियो।

सो स्थलमा ती कमान्डरका सासु तथा अर्का एक सैनिक पनि मारिए। त्यसपछि ती व्यक्तिले हतियार चोरे अनि त्यहाँ रहेको गाडी चढेर भागे।

त्यसपछि उनले ठाउँठाउँमा जथाभावी गोली चलाउँदै गए। सीसीटीभीको फुटेजमा उनी किनमेल केन्द्रभित्र राइफल उज्याउँदै पुगेको देखिन्छ।

घटनाकै बीचमा तिनले फेसबुकमा पोस्ट गरेर आत्मसमर्पण गर्नु पर्ला कि भनेर सोधेका थिए। यसअघि उनले फेसबुकमा पेस्तोल र तीन गोलीको तस्बिर राखेर ‘अब मजा गर्ने समय आएको’ र ‘कसैले पनि मृत्युलाई छल्न नसक्ने’ भनेर लेखेका थिए। फेसबुकले अहिले त्यो पेज हटाइदिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही