फिनल्याण्डमा बच्चा जन्मिएपछि बाबुलाई पनि आमालाई जत्तिकै बिदा



फिनल्याण्डको नयाँ सरकारले बच्चा जन्मिएपछि बुवाले पनि बच्चासँग धेरै समय बिताउन पाऊन् भनेर आमाबुवा दुवैलाई समान बिदा दिने योजना घोषणा गरेको छ।

यो नयाँ योजना अनुसार आमाबुवा दुवैले १४ महिनाको तलबी बिदा पाउने छन्। छिमेकी स्वीडेनमा बच्चा जन्मिएपछि पाइने बिदामा युरोपकै सबैभन्दा उदार प्रणाली छ जहाँ हरेक अभिभावकले २४० दिनको बिदा पाउँछन्।

फिनल्याण्डले “लैङ्गिक समानता र सु-स्वास्थ्यलाई प्रोत्साहन” गर्न खोजेको जनाएको छ। अहिलेको व्यवस्था अनुसार फिनल्याण्डमा सुत्केरी आमालाई साढे चार महिना बिदा दिने व्यवस्था छ भने बुवालाई बच्चा दुई वर्षको नहुँदासम्म साढे दुई महिनाको बिदा दिने व्यवस्था छ। त्यसमाथि अर्को ६ महिनाको बिदा पनि बाँड्न सकिन्छ।

यद्यपि चारमध्ये एकजना बुवाले मात्रै आफूलाई दिइएको यो सुविधा उपभोग गर्छन्। अहिलेको योजनाले बुवाले लिने बिदाको मात्रै कुरा गरेको छ।

प्रत्येक आमाबुवाले साढे ६ महिना बिदा पाउँछन् जसअन्तर्गत १ सय ६४ दिन पर्छ। र, गर्भवती महिलाले मासिक रूपमा थप भत्ता पाउँछिन्।

आमाबुवाले आफ्नो कोटाको ६९ दिन एकअर्कालाई दिन पाउँछन्। एकल अभिभावकले दुवै भत्ता प्रयोग गर्न पाउँछन्। फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले गत महिना लैङ्गिक समानताका लागि आफ्नो देशले अझ धेरै गर्न बाँकी रहेको बताएकी थिइन्।

उनले बच्चाहरू साना हुँदा उनीहरूका बुवाले उनीहरूसँग निकै कम समय बिताउने गरेको गुनासो गरेकी थिइन्।

युरोपेली सङ्घले पनि त्यही पथ अवलम्बन गरेको छ। सन् २०१९ मा उसले आफ्ना सदस्य राष्ट्रलाई तीन वर्षभित्र हरेक आमाबुवालाई बच्चा जन्मिएपछि कम्तीमा चार महिनाको बिदा दिन निर्देशन दिएको छ।

त्यसरी दिइने बिदामा पहिलो दुई महिना भने पछिलाई सार्न पाइने छैन। पोर्चुगलले यसअघि नै लैङ्गिक समानताको प्रणाली लागु गरेको छ।

त्यहाँ पहिलो १२० दिन पूरा तलबसहित बिदा दिइन्छ भने अर्को ऐच्छिक बिदा ३० दिनका लागि पाइन्छ जसमा ८० प्रतिशत तलब दिइन्छ।

युनिभर्सिटी अफ ओस्लोकी प्राध्यापक एन्नी लिज एलिङसेइटरले बुवालई थप अधिकार दिँदा त्यो नर्डिक देशहरूमा पूर्ण रूपमा सफल नभएको बताएकी छन्।

डेनमार्कमा बच्चा जन्मिएपछि बुवाले दुई साताको बिदा पाउँछन् र आमाबुवाले थप ३२ साता एक अर्कालाई दिन सक्छन्। डिसेम्बर महिनायता फिनल्याण्डमा पाँचवटा पार्टीको गठबन्धन सरकार छ र प्रत्येक पार्टीको नेतृत्व महिलाले गरेका छन्।

३४ वर्षीया मरिनले सत्तामा महिला हुनु “ठूलो कुरा नभएको” बताएकी छन्। सरकारले बच्चा जन्मिएपछि दिने बिदाको व्यस्थामा आएको यो परिवर्तनले थप ११ करोड डलर खर्च हुने अनुमान गरेको छ।

स्वीडेन, नर्वे, आइसल्याण्ड, इस्टोनिया र पोर्चुगलले परिवारमैत्री नीति ल्याएको भन्दै गत वर्षको आफ्नो प्रतिवेदनमा युनिसेफले तिनीहरूको प्रशंसा गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाइडनद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर

वासिङ्टनले केही घण्टाभित्रै किएभलाई नयाँ सहयोग पठाउन थाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका

घूस लिएको आरोपमा रूसी उपरक्षामन्त्री पक्राउ

रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएको

फिलिपिन्समा  गर्मीका कारण ६ जनाको मृत्यु

  फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशत

  अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ