ट्रम्पद्वारा अमेरिकी पुनर्जागरणको प्रशंसा



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले देशको संसद् कंग्रेसलाई गरेको सम्बोधनमा “महान् अमेरिकी पुनर्जागरण” को प्रशंसा गरेका छन्, तर त्यसक्रममा अमेरिकी राजनीतिको उच्च तहमा कडा विभाजन विद्यमान रहेको छर्लङ्ग भएको छ। वार्षिक स्टेट अफ द युनियन भाषणका क्रममा बोल्दै ट्रम्पले आगामी चार वर्षे कार्यकालका लागि आफ्नो योजना समेत प्रस्तुत गरे।

राष्ट्रपतिको सम्बोधन भ्रष्टाचारको आरोपमा उनीविरुद्ध चालिएको महाभियोग प्रक्रियाबाट उनले सफाइ पाउने अनुमान गरिएको एक दिनअघि आएको हो।

वार्षिक भाषण कार्यक्रमको एक चरणमा संसद्‌को तल्लो सदनकी डेमोक्र्याटिक सभामुख न्यान्सी पेलोसीले राष्ट्रपतिको भाषणको एक प्रति उनकै पछाडि बसेर च्यातेको समेत देखिएको थियो।

रिपब्लिकन राष्ट्रपतिले मङ्गलवार बेलुकीको सम्बोधन डेमोक्र्याटहरूको बहुमत रहेको सदनमा गरेका थिए जहाँ गत डिसेम्बर महिनामा उनीविरुद्धको महाभियोग प्रस्ताव पारित भएको थियो। उक्त महाभियोग प्रस्तावले बुधवार अमेरिकी संसद्‌को माथिल्लो सदन सिनेटमा अन्तिम स्वरूप लिनेछ।

तर त्यहाँ रिपब्लिकनहरूको बाहुल्य भएकाले उक्त प्रस्ताव असफल हुने लगभग पक्का देखिएको छ र उनी पदबाट बर्खास्त हुनबाट जोगिने छन्। आफ्नो सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले आफूविरुद्धको महाभियोगका बारेमा केही पनि बोलेनन्।

अमेरिकामा संसदीय प्रचलन अनुसार राष्ट्रपतिले आफू बहाल रहेको हरेक क्यालेन्डर वर्षको आरम्भतिर कङ्ग्रेसलाई सम्बोधन गर्ने गर्दछन्। र, त्यस्तो भाषणलाई राज्यहरूको गठबन्धनको ताजा अवस्थाबारे राष्ट्रपतिले जनप्रतिनिधिलाई गराउने जानकारी अर्थात् स्टेट अफ द युनियन भन्ने गरिन्छ।

उक्त भाषणमा राष्ट्रपतिले विधायनसम्बन्धी आफ्ना एजेण्डा र अन्य राष्ट्रिय प्राथमिकताका विषयका बारेमा पनि प्रस्तुत गर्ने गर्छन्। चार महिनाअघि ह्वाइट हाउसमा भएको बैठकबाट बीचमै उठेर उनी बाहिरिएयता न्यान्सी पेलोसी र राष्ट्रपति ट्रम्पबीच देखादेख भएको यो पहिलो पटक थियो।

सम्बोधन गर्न मञ्चमा जानुअघि न्यान्सी पेलोसीले मिलाउनक लागि अघि सारेकी हात राष्ट्रपति ट्रम्पले देखेको नदेखेझैँ गरेर बेवास्ता गरिदिएका थिए।

राष्ट्रपतिले उनको सम्बोधन अन्त्य गर्दै गर्दा पेलोसीले राष्ट्रपतिको सम्बोधनको प्रतिलिपिलाई च्यातेकी थिइन् र त्यो दृश्य देख्‍नेहरू स्तब्ध भएका थिए। तर उनले एकभन्दा बढी पटक आफ्नो आसनबाट उठेर राष्ट्रपतिका लागि ताली भने बजाएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ठगी आरोपमा क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय

क्रिप्टो कारोबारका क्रममा ठूलो अनियमितता र ठगी गरेको आरोप लागेका साम ब्याङ्कम्यान–फ्राइडलाई अमेरिकी

भारतको जम्मु-श्रीनगरमा ट्याक्सी दुर्घटनामा १० जनाको मृत्यु

भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो खोलामा शुक्रबार ट्याक्सी खस्दा दश

चीनमा शिक्षालाई बढावा दिन एआई अभियान सुरु

चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई) अभियान सुरु गरेको छ । यो

बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी

यसवर्ष सन् २०२४ को बोआओ फोरमको एसियाली वार्षिक सम्मेलनमा विश्वले आज सामना गरिरहेका