ट्रम्पले पेस गरे मध्यपूर्व शान्तिको नयाँ योजना



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लामो समयदेखि अपेक्षा गरिएको उनको मध्य पूर्व शान्ति योजना सार्वजनिक गर्दै जेरूसलेमलाई इजरेलको अविभाजित राजधानी कायम राख्ने वाचा गरेका छन्। उनले स्वतन्त्र प्यालेस्टाइन राज्य तथा वेस्ट ब्याङ्कका बसोबासमाथि इजरेलको सार्वभौमिकता पनि प्रस्ताव गरेका छन्।

ट्रम्पले उनको मध्यपूर्व शान्ति योजना इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको उपस्थितिमा ह्वाइट हाउसमा सार्वजनिक गरे। उनले आफ्नो योजनालाई प्यालेस्टाइनीहरूको निम्ति अन्तिम मौका पनि भने।

“आजको सम्झौता प्यालेस्टाइनीहरूलाई उनीहरूको स्वतन्त्र राज्य स्थापनाको सपना सार्थक पार्ने ऐतिहासिक अवसर हो। सत्तरी वर्षदेखि कुनै प्रगति नभएको सन्दर्भमा यो उनीहरूलाई अन्तिम मौका हुन सक्छ,” उनले भने।

छेउमै उभिएका इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ती योजनाको प्रशंसा गरे। तर प्यालेस्टाइनी प्रधानमन्त्री महमुद अब्बासले उक्त योजनालाई ‘षडयन्त्र’ भन्दै अस्वीकार गरिदिएका छन्।

“म ट्रम्प र नेतान्याहुलाई भन्छु: जेरूसलेम विक्रीमा छैन। हाम्रा सबै अधिकार विक्रीमा छैनन् न त त्यसमा लेनदेन हुन्छ। यो षडयन्त्र सफल हुँदैन,” रमल्लाहमा टेलिभिजनमार्फत् सम्बोधन गर्दै उनले भने।

संसारको सबभन्दा लामो समयदेखि जारी द्वन्द्वलाई समाधान गर्न प्रस्तावित उक्त योजनाको मस्यौदा राष्ट्रपति ट्रम्पका छोरी ज्वाइँ ज्यारेड कुश्नरको अगुवाइमा भएको हो। मङ्गलवार गाजा क्षेत्रमा हजारौँ प्यालेस्टाइनीहरूले विरोध प्रदर्शन गरे। इजरेली सेनाले अधिनस्थ वेस्ट ब्याङ्कमा सैन्य उपस्थिति थप बलियो पारेको छ। शान्ति योजनाको संयुक्त घोषणा त्यतिखेर भएको छ जतिखेर ट्रम्प र नेतान्याहु दुवैले आन्तरिक राजनीतिक चुनौती बेहोरिरहेका छन्।

ट्रम्प विरुद्ध लागेको महाभियोगको सुनुवाइ अमेरिकि सिनेटमा भइरहेको छ। प्रधानमन्त्री नेतान्याहुमाथि भ्रस्टाचारका आरोप लागेका छन्। मङ्गलवार उनले भ्रस्टाचारविरुद्ध उन्मुक्ति माग्ने प्रयास त्यागेका थिए।

दुवै जनाले आफूहरूको गल्ती नभएको बताउने गरेका छन्। इजरेलका निम्ति अमेरिकी राजदूत डेभिड फ्रिडम्यानले सो घोषणाको समय कुनै राजनीतिक विकासक्रमसँग नजोडिएको बताएका छन्।

साउदी अरेबिया र इजिप्टले ट्रम्पको योजनाको स्वागत गरेका छन्। तर साउदी अरेबियाका राजा सलमानले प्यालेस्टाइनी राष्ट्रपतिलाई टेलिफोन गरेर आफ्नो देश प्यालेस्टाइनी मुद्दाप्रति कटिबद्ध रहेको पनि बताएका छन्।
इजिप्टले प्यालेस्टाइन तथा इजरेल दुवैलाई राष्ट्रपति ट्रम्पको शान्ति योजना सचेततापूर्ण विचार गर्न र वार्ता पुन: शुरु गर्न आह्वान गरेको छ। इजिप्टको विदेश मन्त्रालयले विज्ञप्तिमार्फत् उक्त आह्वान गरेको छ।  स्थापना हो भनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही