को हुन् अमेरिकी आक्रमणमा मारिएका कासिम सुलेमानी ?



इरानका यी सबैभन्दा शक्तिशाली सैन्य अधिकारीलाई मध्यपूर्वमा तेहरानको महत्त्वकांक्षा कार्यान्वयन गर्ने रणनीतिक योजनाकार मानिन्थ्यो।

इरानी फौजको विशेष दस्ता क्विडका प्रमुखले उक्त क्षेत्रमा गोप्य आक्रमण गर्ने शैलीलाई पुनर्व्याख्या गरिदिएका थिए।

जसमा इरान समर्थिक छद्म लडाकूको प्रयोग समेत पर्थ्यो। उनको इरानभित्रै राजनीतिक प्रभाव समेत थियो। कतिपयले उनलाई इरानको सर्वशक्तिशाली सर्वोच्च नेतापछिका व्यक्तिको रूपमा हेर्थे।

फुलेको कपालसाथ मसिनोगरी दाह्री श्रृङ्गार्ने सुलेमानी आफ्ना फौजका लागि आदर्श नायक थिए भने दुश्मनहरूका आँखामा राक्षसी अनुहार।

थुप्रै वर्षसम्म अमेरिकी अधिकारीहरूले यी लजालु स्वभावका व्यक्तित्वलाई मार्ने योजना बुनिरहेका थिए। अमेरिकी भनाइमा सुलेमानीले आफ्ना सेनामाथि आक्रमणको आदेश दिने गर्थे।

तर जिहादी समूह ईश्लामिक स्टेटविरूद्ध लड्दा कुनैबेला उनीहरूका स्वार्थ जोडिए। तर उनीहरूबीच शत्रुता कायम रहिरह्यो।

इरानी अधिकारीहरूले भने यस कदमलाई युद्धमा गरिने व्यवहार भन्दै उनीहरूकै शब्दमा ‘कडा बदला’ ले जवाफ दिइने बताएका छन्।

अमेरिकी दूतावास नभएकाले तेहरानमा अमेरिकाको पक्षको प्रतिनिधित्व गर्ने स्वीट्जरल्याण्डका राजदूतलाई इरान सरकारले बोलाएर स्पष्टिकरण लिएको छ।

एक वर्षअघि युद्ध सुरु हुनसक्ने चिन्ता थुप्रैपक्षबाट भए पनि त्यसबेला दुवै पक्षले युद्ध टार्ने प्रयास गर्ने गरेको बताएका थिए। अहिले अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले उक्त हमलालाई अमेरिकी माथिको सम्भावित भावी हमला टार्ने कदम भनेको छ।

तर इरानी विदेशमन्त्री जावेद जारिफले यसलाई ‘अन्तर्राष्ट्रिय आतङ्कवादको कदम’ भनेका छन्। अहिले इरानसँग जवाफी हमलाहरू गर्ने थुप्रै तौरतरिका छन्।

तर त्यसले लामो समयदेखि बल्झिरहेको सङ्कटलाई एक्कासि र नराम्रो ढङ्गबाट बढाउन सक्छ जसले एउटा भिन्न र खतरनाक अध्याय सुरु गर्नसक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्यान्माको म्यावाडी पुनः सेनाको नियन्त्रणमा

जातीय विद्रोही र म्यान्माको सैन्य शासक (जुन्टा) विरोधी लडाकुहरूको गठबन्धनले यसै महिना कब्जा

डुङ्गा दुर्घटना हुँदा १६ आप्रवासीको मृत्यु, २८ बेपत्ता

अफ्रिकी राष्ट्र जिबुटी तटीय क्षेत्रमा भएको पछिल्लो डुङ्गा दुर्घटनामा परी कम्तीमा १६ आप्रवासीको

इथियोपियामा द्वन्द्वका कारण ५० हजारभन्दा बढी विस्थापित

  उत्तरी इथियोपियाको एउटा विवादित क्षेत्रमा भएको झडपका कारण ५० हजारभन्दा बढी मानिस

‘टेक्नो एआई एकीकृत’ स्मार्टफोन बङ्गलादेशमा लन्च

चिनियाँ मोबाइल फोन निर्माता कम्पनी टेक्नोले आफ्नो ग्राउन्डब्रेकिङ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अपरेटिङ सिस्टम