इराकस्थित अमेरिकी दूतावासमा आक्रमण गराएको भन्दै डोनल्ड ट्रम्पले दिए इरानलाई धम्की



इराकस्थित अमेरिकी दूतावासमा भएको आक्रमणमा इरान संलग्न रहेको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कुनै क्षति भए इरानले ‘ठूलो मूल्य’ चुकाउनुपर्ने धम्की दिएका छन्।

आइतवार अमेरिकाले इराक र सिरियामा गरेको हवाई आक्रमणमा केही लडाकुको मृत्यु भएपछि प्रदर्शनकारीहरूले अमेरिकी दूतावासमा आक्रमण गरेका हुन्।

नववर्ष २०२० को पूर्वसन्ध्यामा सामाजिक सञ्जाल ट्विटरमा लेख्दै ट्रम्पले दूतावासमा आक्रमणका कारण कसैको मृत्यु भए वा कुनै पनि किसिमको क्षति पुगे इरानले ठूलो मूल्य चुकाउनुपर्ने ‘धम्की’ दिएका छन्। ट्वीटमा ट्रम्पले लेखेका छन्, “…यो चेतावनी होइन, धम्की हो।”

अमेरिकी रक्षामन्त्री मार्क एस्परले सो क्षेत्रमा तत्काल ७५० सैनिक परिचालित गरिने बताए। “संयुक्त राज्यले संसारभरि जुनसुकै ठाउँमा पनि आफ्ना नागरिक र स्वार्थको रक्षा गर्छ,” उनले ट्विटरमा लेखे।

क्रुद्ध प्रदर्शनकारीहरूले अमेरिकी दूतावासमा सुरक्षाकर्मी बस्ने चौकी जलाएका थिए। उनीहरू दूतावासभित्र आगन्तुकलाई स्वागत गरिने क्षेत्रसम्म पुगेपछि अमेरिकी सैनिकहरूले अश्रुग्यास प्रहार गरेका थिए।

इरानले ट्रम्पले लगाएको आरोपको खण्डन गरेको छ। उसले त्यस्तो दाबी गर्ने अमेरिकी “धृष्टता”को निन्दा गरेको छ।

अमेरिकाले निसाना बनाएको लडाकु समूह कताइब हेज्बुलालाई इरानले समर्थन गरेको बताइन्छ। आइतवार गरिएको हवाई आक्रमणमा कम्तीमा २५ जनाको मृत्यु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नागोर्नो–काराबाखको इन्धन डिपो विष्फोट हुँदा मृत्यु हुनेको संख्या एक सय ७० पुग्यो

  नागोर्नो–काराबाखको इन्धन डिपोमा भएको विष्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या एक सय ७०

बर्डफ्लूबाट मोन्टेभिडियोमा चार सय जलचरको मृत्यु

  बर्ड फ्लू लागेर उरुग्वेको  समुद्री तटमा चार सयभन्दा बढी सिल र सि

वम विष्फोटमा परी पाकिस्तानमा मृत्यु हुनेको संख्या ५२ पुग्यो

पाकिस्तानको बलोचिस्तान प्रान्तमा भएको एउटा विस्फोटनमा परी मृत्यु हुनेको संख्या ५२ पुगेको छ

अमेरिका जान इजरायलीलाई अब भिसा नचाहिने

  इजरायलले प्यालेस्टिनी र अरब अमेरिकीविरुद्धको यात्रा प्रतिबन्ध फिर्ता लिएसँगै अमेरिकाले पनि इजरायलीरूलाई