ब्रिटेनमा पाँच वर्ष नपुगी तेस्रो पटक निर्वाचन



पाँच वर्षभन्दा कम समयमा ब्रिटेनमा बिहीवार तेस्रोपटक निर्वाचन हुँदैछ। यसअघि सन् २०१५ र २०१७ मा पनि निर्वाचन भएको थियो। त्यहाँ १०० वर्षमा पहिलो पटक डिसेम्बर महिनामा मतदान हुन लागेको हो।

इङ्ग्ल्यान्ड, वेल्स, स्कटल्यान्ड र नोर्दर्न आयरल्यान्डका कुल ६५० निर्वाचनक्षेत्रमा जीएमटी ७:०० बजे (नेपाली समायानुसार मध्याह्न १२:४५ बजे) मतदान सुरु हुनेछ। राति १० बजे मतदान सकिएपछि तत्काल मतगणना सुरु हुनेछ।

शुक्रवार बिहानसम्म अधिकांश क्षेत्रबाट परिणाम प्राप्त हुने अपेक्षा गरिएको छ। सामान्यतया ब्रिटेनमा प्रत्येक चारदेखि पाँच वर्षमा आमचुनाव हुने गर्छ। तर गत अक्टोबरमा सांसदहरूले तत्काल अर्को आमचुनाव गराउने पक्षमा मतदान गरे।

सन् १९७४ यता पहिलो पटक जाडो याममा चुनाव हुँदैछ। अझ डिसेम्बर महिनामा चुनाव भएको त यो सन् १९२३ पछि पहिलो पटक हो।

ब्रिटिश नागरिक वा राष्ट्रमण्डलका लागि योग्य नागरिक वा आयरल्यान्ड गणतन्त्रका नागरिक जो १८ वर्षको उमेर पुगेका छन् र जसले मतदानको लागि नाम दर्ता गराएका छन्, उनीहरू मतदानका लागि योग्य मानिएका छन्।

मतदानका लागि दर्ता प्रक्रिया नोभेम्बर २६ मा सकिएको छ। निर्वाचन निगरानी गर्ने निकायले मतदाताहरूलाई मतदान केन्द्रभित्र सेल्फी खिच्न वा अन्य फोटो खिच्न नपाइने कानुनको स्मरण गराएको छ।

कतिपय मानिसले चुनावको दिनअगावै हुलाकमार्फत् पोस्टल भोट हालिसकेका छन्। दुई वर्षअगाडि गरिएको चुनावमा त्यसरी अग्रीम मतदान गर्नेहरूको सङ्ख्या ७० लाख रहेको थियो। बीबीसीको मौसम प्रक्षेपणअनुसार देशका कैयौँ भागमा बिहीवार वर्षा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेन र पोल्याण्डका कृषि मन्त्रीबीच खाद्यान्न निर्यातबारे छलफल

युक्रेन र पोल्याण्डका कृषि मन्त्रीबीच खाद्यान्न निर्यातबारे छलफल भएको छ । युक्रेनी कृषि

पर्यटक भित्राउन म्यान्माको नयाँ उपाय, नेपालसहित ४ देशलाई बिना भिषा प्रवेश दिने

म्यानमाले नेपालसहित थप चार मुलुकका कूटनीतिक तथा विशेष राहदानी भएका पर्यटकका लागि बिनाभिषा

अमेरिकी सहायता बिना युद्ध जित्न नसक्ने जेलेन्स्कीको भनाइ

अमेरिकी संसदमा रिपब्लिकन पार्टीका सन्देहको सामना गर्दै अर्बौं डलरको सहायता प्रवाहमा कटौती गरिएमा

बुर्किनाफासोमा जिहादी समूहको आक्रमणमा १६ सर्वसाधारणको मृत्यु

बुर्किना फासोमा सन्दिग्ध जिहादीसमूहले गरेको दुई छुट्टाछुट्टै आक्रमणमा परी सेनाका चार सहयोगीसहित १६