महिला तथा पुरुषसम्बन्धी पुरानो नियमलाई खुकुलो पार्दै साउदी सरकार



साउदी अरबमा अब रेस्टुराँहरूले पुरुष र महिलाका लागि छुट्टाछुट्टै प्रवेशद्वार निर्माण गर्नुपर्ने छैन। महिला तथा पुरुषसम्बन्धी त्यहाँको पुरानो नियमलाई खुकुलो पार्दै साउदी सरकारले ट्विटरमार्फत् त्यस्तो घोषणा गरेको हो।

यसअघि त्यहाँ एउटा ढोका महिला र परिवारका लागि र अर्को एक्लै जाने पुरुषहरूका लागि हुनेगर्थ्यो।साउदी अरबमा शृङ्खलाबद्ध रूपमा भइरहेका यस्ता सुधारका काममा अवरोध गर्ने कट्टरपन्थीहरूलाई समेत धेरै पटक कारबाही गरिएको छ।

यो वर्षको आरम्भमा साउदी सरकारले शाही आदेश जारी गर्दै साउदी महिलालाई पुरुष अभिभावकको अनुमतिबिना नै विदेश जान दिने भनेको थियो। सन् २०१८ मा साउदी अरबले चालक अनुमतिपत्र लिनका निम्ति महिलामाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको थियो।

तर अभियानकर्मीहरूले अझै पनि कैयौँ कानुन महिलाविरुद्ध विभेदकारी रहेको बताएका छन्। सरकारले सुधारका कदम चाल्दै गर्दा कतिपय चर्चित महिला अधिकारकर्मीहरू पक्राउ पनि परिरहेका छन्।

आइतवार नगरपालिकासम्बन्धी साउदी मन्त्रालयले रेस्टुराँहरूलाई महिला र पुरुषका निम्ति छुट्टाछुट्टै प्रवेशद्वार तोक्न अबदेखि नपर्ने जनाएको थियो।

तर त्यस्तो निर्णय व्यवसायीहरू स्वयंको विवेकमा छाडिनेछ। हालसम्म रेस्टुराँभित्र परिवार तथा महिलालाई सामान्यतया: पर्दाको प्रयोग गरेर एक्लै आउने पुरुषभन्दा छुट्टै राखिन्थ्यो।

सन् २०१७ मा मोहम्मद बिन सलमान युवराज भएयता उनले त्यहाँको कट्टरपन्थी समाजलाई बिस्तारै खुला पार्ने प्रयास गर्दैछन्।

उनका सुधार योजनाहरूले अन्तर्राष्ट्रिय समुदायमा प्रशंसा बटुलेको छ, तर त्यसको साथसाथै साउदी अरबमा शोषणका शृङ्खलाबद्ध घटना पनि भएका छन्।

चर्चित साउदी पत्रकार जमाल खशोग्जीको सन् २०१८ मा इस्तानबुलस्थित साउदी महावाणिज्यदूतावासमा हत्या भएपश्चात् त्यसको व्यापक अन्तर्राष्ट्रिय निन्दा भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युद्धका बेला देश एकताबद्ध हुनुपर्छः नेतान्याहु

  इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले  मोसादको मुख्यालय (इजरायलको अन्तर्राष्ट्रिय गुप्तचर एजेन्सी) भ्रमण गर्ने

थाईल्याण्डसँगको सीमा सहरमा म्यान्माका सेना र जातीय समूहबीच भिडन्त

  एक साताको शान्तिपछि म्यान्माको जुन्ता र सशस्त्र जातीय समूहहरूबीच थाइल्यान्डको सीमा नजिकैको

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

  अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका छन् । भ्रमणका

दूधमा पनि बर्डफ्लुको भाइरस फेला

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एचफाइभ एनवान (बर्डफ्लु भाइरस) सङ्क्रमित जनावरको कच्चा दूधमा