भारतमा यौन हिंसाका घटनामा किन बृद्धि ?



एक महिलालाई बलात्कार र हत्या गरेको आरोपमा प्रहरी हिरासतमा रहेका चार पुरुषहरू दक्षिण भारतमा मुठभेटमा मारिएको घटनाले भारतको न्यायप्रणालीप्रति चासो बढाएको छ।

सन् २०१७ को सरकारी तथ्याङ्कले औसतमा भारतमा दिनमा ९० वटा बलात्कारका उजुरी पर्ने देखाएको थियो। तर त्यसमध्ये एकदमै कम पीडितले मात्रै आफ्ना बलात्कारीहरूलाई दोषी ठहर गरिएको हेर्न पाएका छन्।

हालैका वर्षमा भारतमा बलात्कारका घटनाहरू सार्वजनिक हुने क्रम बढेको छ। हामीले भारतको बलात्कारको आँकडा अन्य देशको तुलनामा कस्तो छ भनेर हेरेका छौँ।

सन् २०१२ मा राजधानी दिल्लीमा एकजना विद्यार्थीलाई सामूहिक बलात्कारपछि हत्या गरिएपछि भारतमा बलात्कार र महिलाविरूद्ध हुने यौन हिंसा प्रति चासो बढेको थियो।

आधिकारिक तथ्याङ्कले सन् २०१२ मा २५ हजारभन्दा कम रहेको प्रहरीमा उजुरी गरिएका बलात्कारका घटनाको सङ्ख्या सन् २०१६ सम्म आइपुग्दा बढेर ३८ हजारभन्दा बढी भएको छ।

सन् २०१७ को तथ्याङ्कले उक्त वर्ष प्रहरीमा ३२,५५९ वटा बलात्कारका उजुरी परेको देखाउँछ। तर भारतीय अदालतहरू बलात्कारका बढिरहेका मुद्दाहरू सम्बोधन गर्न सङ्घर्ष गरिरहेको जस्तो देखिन्छ।

किनभने सन् २०१७ को अन्त्यसम्ममा एक लाख २७ हजार आठ सयवटा त्यस्ता मुद्दाहरू अदालतमा विचाराधीन थिए। सन् २०१२ मा २० हजार ६६० वटा मुद्दा अदालतले छिनोफानो गरेको थियो र त्यस वर्ष १ लाख १२ हजार मुद्दाहरू विचाराधिन थिए।

सन् २००२ र सन् २०११ को बीचमा अदालतमा गएका बलात्कारका मुद्दामध्ये करिब २६ प्रतिशत छिनोफानो भएका थिए। सन् २०१२ मा त्यसमा केही सुधार भयो तर सन् २०१६ मा आइपुग्दा यो दर घटेर २५ प्रतिशतभन्दा केही बढी हुन पुग्यो।

सन् २०१७ मा निसाफ दर ३२ प्रतिशतभन्दा बढी भएको थियो। अदालतमा जान लाग्ने समय र पीडित र सम्भावित प्रत्यक्षदर्शीमाथि हुने दबाबका कारण भारतमा बलात्कारका मुद्दामा न्याय निरूपण गर्ने प्रक्रिया कठिन बन्ने गर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अस्पताल परिसरमा इजरायली कारबाही, दुईसय जनाको मृत्यु

हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा रहेको सबैभन्दा ठूलो शिफा अस्पतालमा इजरायलले

रूसी सेनाको विमान क्रिमियाली क्षेत्रमा दुर्घटनाग्रस्त

रूसी सेनाको एउटा विमान क्रिमियाली प्रायद्वीपनजिकको समुद्रमा दुर्घटनाग्रस्त भएको युक्रेनको नियन्त्रणमा रहेको क्रिमियाली

अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त भएका एकसय ३० भन्दा

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय ६ महिना थप

बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ महिना थप गरेको छ