कश्मीरस्थित सीमावारिपारि गोलाबारी भएपछि भारत र पाकिस्तानबीच फेरि तनाव



कश्मीरस्थित सीमावारिपारि गोलाबारी भएपछि भारत र पाकिस्तानबीच फेरि तनाव चर्किएको छ। उनीहरूले एकअर्कालाई गोलाबारी गरेको आरोप लगाएका छन्। घटनामा दुवैतिर सैनिक तथा गैरसैनिक नागरिकको मृत्यु भएको छ।

दुवै पक्षले एकअर्काले युद्धविराम भङ्ग गरेको र आफूले प्रतिकार गरेको दाबी गरेका छन्। परमाणुअस्त्र भएका दुवै देशले कश्मीरलाई लिएर दुईचोटि युद्ध र एकचोटि कार्गीलमा सीमित सङ्घर्ष गरिसकेका छन्। यो वर्ष उनीहरूबीच तनाव धेरै बढेको छ।

फेब्रुअरीमा कश्मीरमा गरिएको एउटा आत्मघाती आक्रमणमा ४० सैनिक मरेपछि भारतले लडाकुलाई लक्षित गरेको भन्दै पाकिस्तानमा हवाई आक्रमण गर्‍यो। पाकिस्तानमा आधारित जैश-ए-मोहम्मद समूहले भारतपट्टि पुलवामामा आफूले आत्मघाती बम विस्फोटन गराएको स्वीकारेको थियो।

अगस्टमा भारतले आफूनियन्त्रित कश्मीरको आंशिक स्वायत्तता खोस्दा पाकिस्तानले त्यसको विरोध गर्‍यो। पाकिस्तानले भारतको उक्त निर्णयविरुद्ध अन्तर्राष्ट्रिय समर्थन खोजिरहेको छ। भारत र पाकिस्तान दुवैले कश्मीर आफ्नो स्वामित्वमा हुनुपर्ने दाबी गर्छन्।

सन् २००३ मा कश्मीरमा युद्धविराम गर्ने सहमति भएको थियो। तर यस वर्षको तनावले उक्त सहमतिलाई जोखिममा पारेको छ। सीमावर्ती कुपवारा जिल्लाका दुई गाउँमा आइतवार गोलाबारी भएको थियो। तर दुई पक्षले फरकफरक कुरा बताएका छन्।

पाकिस्तानले गैरसैनिकलाई तारो बनाएको भारतको आरोप छ। उसका अनुसार एक सर्वसाधारण मानिसको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

भारतका सेनाप्रमुख विपीन राउतले भारतीय पक्षले लडाकुलाई निसाना बनाएर प्रतिकार गरेको र आफ्नो कारबाहीमा कम्तीमा छ पाकिस्तानी सैनिकको मृत्यु भएको तथा तीनवटा शिविर नष्ट पारिएको सञ्चारमाध्यमलाई बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही

थाइल्याण्डमा यसवर्ष ‘लु’बाट ३० जनाको मृत्यु

  यस वर्ष ‘लु’बाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले बिहीबार तातो मौसमको

अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दूरीमा प्रहार गरिने क्षेप्यास्त्र दियो

बीबीसी । अमेरिकाले गोप्य रूपमा पठाएका लामो दूरीसम्म प्रहार गर्न सकिने क्षमताका बलिस्टिक