पुलिस एन्फा लिगको दोस्रो चरणमा प्रवेश



काठमाडौँ  ।  एन्फा महिला लिग–२०२४ फुटबल प्रतियोगताअन्तर्गत पहिलो चरणको अन्तिम खेलमा नेपाल पुलिस क्लबले सङ्कटा महिला फुटबल क्लबलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको खेलमा पुलिसले सङ्कटामाथि २–१ गोलअन्तरको जित निकालेको हो ।

पुलिसका लागि अनुष्का शेर्पाले तेस्रो मिनेटमा गोल गर्दै खाता खोलिन । त्यसपछि खेलको सातौ मिनेटमा पुलिसकी समीक्षा घिमिरे पेनाल्टीमा गोल गर्न चुके पनि त्यस लगत्तै गोल गर्न सफल भइन् ।

खेलको ७३औँ मिनेटमा सङ्कटाकी सेलेना अनिमाले एक गोल फर्काए पनि हार टार्नका लागि त्यो पर्याप्त भएन । यस खेलसँगै महिला लिगको पहिलो चरणका खेल सकिएका छन् ।

प्रतियोगिताको दोस्रो चरणमा पाँच टोली प्रवेश गरेका छन् । दोस्रो चरणको सुपर लिगमा आजको विजेता नेपाल पुलिसक्बलसँगै एपिएफ, त्रिभुवन आर्मी क्लब, वालिङ नगरपालिका र कोशी प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एनपीएलमा कुन खेलाडीले जिते कुन अवार्ड ?

  काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आर्कषक पुरस्कारको रूपमा रहेकोे

एनपीएल विजेतालाई राष्ट्रपतिको बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि

दीपेन्द्रले पाए ओमोडाको कार

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) मा सर्वोत्कृष्ट नेपाली खेलाडी हुँदै सुदूरपश्चिम रोयल्सका कप्तान

महिला यु–१९ विश्वकप खेल्ने टोलीको बन्द प्रशिक्षण गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने

चितवन । मलेसियामा आगामी जनवरीमा हुने महिला यु–१९ विश्वकपका लागि नेपाली टोलीको बन्द