रेड स्टार क्लब ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा



ताप्लेजुङ । युनाइटेड खर्साङ फुटबल क्लब दार्जिलिङलाई १‐० ले पराजित गर्दै झापाको रेड स्टार फुटबल क्लब ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको खेलमा झापाका लागि खेलको ११औँ मिनेटमा जर्सी नम्बर ९९ का खेलाडी ग्लोरीले गरेको गोल नै निर्णायक बन्यो । खेलको सुरुआती समयदेखि नै उत्साहजनक बनेको झापाले मङ्गलबार हुने सेमिफाइनलको दोस्रो तथा अन्तिम खेलमा रेड हर्ष फुटबल क्लब इलामसँग प्रतिस्पर्धा गर्नेछ । रेड हर्षले गोर्खा स्पोर्टिङ क्लब झापालाई २‐० गोलले पराजित गरेको थियो ।

आइतबार पहिलो चरणका खेल सकिएका छन् । प्रतियोगिताको पहिलो खेलमा घरेलु टिम मानाभरा स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा ५‐४ गोल अन्तरले पराजित गरेको जुट विकास फुटबल एकेडेमी इटहरी र शनिबार सेमिफाइनलमा पुगेको पथरी ११ मोरङबीच सेमिफाइनलको पहिलो खेलमा सोमबार दिउँसो २ बजेपछि प्रतिस्पर्धा हुँदैछ । मोरङले पाँचथरको फिदिम स्पोर्टिङ क्लबलाई २‐० गोलले पराजित गरेको थियो ।

दार्जिलङसहित यो पटक आठ टिम सहभागी प्रतियोगिता भदौ २० गते सम्पन्न हुनेछ । लाखे जात्राका अवसरमा आयोजित प्रतियोगिताको विजेताले तीन लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले एक लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ

एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो

हेटौँडा । पहिरोमा पुरिएको आशशं‌का गरिएका इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत

पर्वतीय दौडको उपाधि गोरखाका भट्टलाई

कास्की  । विश्व पर्यटन दिवसका सन्दर्भ पारेर शनिबार पोखरामा आयोजना गरिएको पर्वतीय दौडको उपाधि

एन्फा एकेडेमीका ६ विद्यार्थी सम्पर्कविहीन, पहिरोमा पुरिएको आशंका

  मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा रहेको वत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा