सिन्धुपाल्चोकमा क्रिकेटप्रतिको मोह बढ्दो



 

सिन्धुपाल्चोक  । सिन्धुपाल्चोकमा क्रिकेटका गतिविधि बढ्न थालेका छन् । यसका लागि स्थानीय तहले पनि चासो दिन थालेका छन् । इन्द्रावती गाउँपालिकाले एकनाथ नेपाललाई भारतमा क्रिकेट प्रशिक्षण गराउने भएको छ ।

सिन्धुपाल्चोक क्रिकेट सङ्घ तदर्थ समितिको पहलमा प्रशिक्षण दिइनेछ । शनिबार एक कार्यक्रमबीच पालिकाले नेपालको बिदाइ गरेको हो । अलराउन्डर उनले भारतमा एक महिना विशेष प्रशिक्षण गर्नेछन् । जिल्ला क्रिकेट सङ्घले विशेष अभियानस्वरुप एक पालिका दुई खेलाडी प्रशिक्षणअन्तर्गत पाँचपोखरी थाङपाल गाउँपालिकाले युवा ब्याटिङ अलराउन्डर सार्थक धिताल र पासाङ दोर्जे तामाङलाई भारतमा अभ्यास गर्न पठाएको थियो ।

नेपालले पनि काल्का क्रिकेट एकेडेमीमा पुनित मेहरासँग प्रशिक्षण लिनुहुनेछ । इन्द्रावती गाउँपालिकासँग दुई खेलाडीका लागि सम्झौता भए पनि एक खेलाडी व्यक्तिगत कारणले दसैँलगत्तै जाने बताइएको छ । जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विजय धितालले बाँकी एक खेलाडी जिल्लास्तरीय खेलेको इन्द्रावतीकै पठाउने जानकारी दिए ।

इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले गाउँपालिकाको खेलकुद विकासका लागि आफू सबै किसिमको सहयोग गर्न तयार रहेको र यो सहकार्य सुरुवात मात्र भएको बताए । गाउँपालिकाका प्रवक्ता शशिनाथ आचार्यले लुकेर रहेका प्रतिभालाई एकीकृत गरी समग्र जिल्लाको क्रिकेटलाई माथि उठाउने जिल्ला क्रिकेट सङ्घको कार्यको प्रशंसा गरे ।

जिल्ला क्रिकेट सङ्घका सदस्य प्रकाश सापकोटाले समग्र जिल्लाको क्रिकेट विकासका लागि जिल्ला एक पालिका दुई खेलाडी प्रशिक्षण कार्यक्रम कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।

सङ्घका अध्यक्ष धितालले सिन्धुपाल्चोकमा क्रिकेट संस्कार बढाउन यस्ता कार्य गर्दै आएको बताए । पछिल्लो समय सङ्घले सिन्धुपाल्चोकमा क्रिकेटलाई सक्रिय पार्दै आएको छ । जिल्लाको क्रिकेटमा विकास गर्न पाँचपोखरी थाङपाल गाउँपालिकाको आयोजनामा तल्लो मूलपानी क्रिकेट मैदानमा दुई संस्करणको जिल्लास्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न गरिएको छ । जिल्लामा खेलका लागि मैदानलगायत संरचनाको भने अभाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ

एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो

हेटौँडा । पहिरोमा पुरिएको आशशं‌का गरिएका इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत

पर्वतीय दौडको उपाधि गोरखाका भट्टलाई

कास्की  । विश्व पर्यटन दिवसका सन्दर्भ पारेर शनिबार पोखरामा आयोजना गरिएको पर्वतीय दौडको उपाधि

एन्फा एकेडेमीका ६ विद्यार्थी सम्पर्कविहीन, पहिरोमा पुरिएको आशंका

  मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा रहेको वत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा