निश्चित कार्कीलाई आईएसएफ यू–१५ जिम्न्यासाइडमा स्वर्ण



काठमाडौं । नेपाली तेक्वान्दो खेलाडी निश्चित कार्कीले आईएसएफ यू–१५ जिम्न्यासाइडमा स्वर्णपदक जितेका छन् । ब्राजिलको रियो डि जेनेरियोमा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत मंगलबार भएको कलरवेल्ट पुम्सेको फाइनलमा उनले आयोजक ब्राजिलका खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेका हुन् ।

निश्चितले फाइनलमा १० अंकको खेलमा ७.४ अंक जोड्दा प्रतिद्वन्दी बाजिलका खेलाडीले ७.१ अंक मात्र प्राप्त गर्न सके । यसअघि निश्चितले सेमिफाइनलमा मेक्सिकोका खेलाडीलाई हराएका थिए । मेक्सिकोका खेलाडीले ६.८ अंक जोड्दा निश्चितले ७.४ अंक प्राप्त गरेका थिए ।

मंगलबार भएको गर्ल्स थ्री अन थ्री बास्केटवलमा नेपाली टोलीले अंगोलालाई १५–० ले पराजित गरेको छ । सो खेलमा नेपालकी आर्या पौडेलले सर्वाधिक ५ अंक जोडिन् । आर्या सहित ओजोस्वी श्रेष्ठ, आरुशा शाक्य र संयमी घिमिरेले प्रतिस्पर्धा गरेका थिए । जितसँगै ११ राष्ट्रले प्रतिस्पर्धा गरेको गर्ल्स वास्केटबलमा नेपालले नवौं स्थानमा रह्यो ।

ब्वाइज थ्री अन थ्री वास्केटबलमा नेपाल ‘ए’ ले ब्राजिललाई ७–६ स्कोरले तथा मेक्सिकोलाई १०–६ ले हरायो । अर्को खेलमा भने कोस्टारिकासँग ९–८ ले पराजित हुनपुग्यो । अन्तर्राष्ट्रिय स्कुल स्पोर्टस महासंघ (आईसी)को आयोजनामा हरेक दुई वर्षमा आयोजना हुने यो १५ वर्ष उमेर समूहको ‘मिनी ओलम्पिक’ प्रतियोगिता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ

एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो

हेटौँडा । पहिरोमा पुरिएको आशशं‌का गरिएका इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत

पर्वतीय दौडको उपाधि गोरखाका भट्टलाई

कास्की  । विश्व पर्यटन दिवसका सन्दर्भ पारेर शनिबार पोखरामा आयोजना गरिएको पर्वतीय दौडको उपाधि

एन्फा एकेडेमीका ६ विद्यार्थी सम्पर्कविहीन, पहिरोमा पुरिएको आशंका

  मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा रहेको वत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा