गृहमन्त्री श्रेष्ठद्वारा तेक्वान्दो टोलीलाई शुभकामना



काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वल्र्ड तेक्वान्दो प्रतियोगितामा भाग लिन जाने नेपाली खेलाडीलाई सफलताको शुभकामना दिएका छन् ।

बुधबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा उनले आगामी भदौ १ देखि १० गतेसम्म काजकिस्तानको अस्तानामा हुने प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीलाई शुभकामना दिएका हुन् ।

प्रतियोगितामा विभिन्न तौल समूहमा चार खेलाडी सहभागी हुँदैछन् । ९३ देशका नौ सय बढी खेलाडी प्रतियोगितामा सहभागी हुने बताइएको छ ।

प्रतियोगितामा रुविका खड्का (तौल समूह ४७), सुस्मिता थापा (५२), पुकार केसी (६४) र अजय बुढामगर (तौल समूह ७०)मा सहभागी हुँदैछन् । नेपाली टोलीमा अम्पायर अन्जन धमला, कोच रुपसिंह मोक्तान तथा अफिसियल धनबहादुर थापा र विक्रम बुढामगर सहभागी हुने बताइएको छ ।

सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले खेलाडी राष्ट्रको गौरव भएको र खेलकुद क्षेत्रले राष्ट्रिय एकताको सन्देश दिने बताए । सरकारले आवश्यक नीति र योजना बनाएर खेल क्षेत्रलाई विशेष प्राथमिकता दिने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ

एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो

हेटौँडा । पहिरोमा पुरिएको आशशं‌का गरिएका इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत

पर्वतीय दौडको उपाधि गोरखाका भट्टलाई

कास्की  । विश्व पर्यटन दिवसका सन्दर्भ पारेर शनिबार पोखरामा आयोजना गरिएको पर्वतीय दौडको उपाधि

एन्फा एकेडेमीका ६ विद्यार्थी सम्पर्कविहीन, पहिरोमा पुरिएको आशंका

  मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा रहेको वत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा