पोखरा रङ्गशालामा निसिमको अर्धकदको सालिक स्थापना गरिने



पोखरा । प्याराग्लाइडिङ दुर्घटनामा निधन भएका खेलाडी निसिम थापाको सालिक स्थापना गरिने भएको छ । नवौँ राष्ट्रिय खेलकुदका दौरान प्याराग्लाइडिङ प्रतिस्पर्धाकै क्रममा दुर्घटनामा थापाको निधन भएपछि सम्मानस्वरुप पोखरा रङ्गशालाभित्र उनको अर्धकदको सालिक राख्न लागिएको हो । सालिक राख्ने कार्यको शनिबार एक कार्यक्रमबीच शिलान्यास गरिएको छ ।

थापाको सालिक रङ्गशालाको परिसरभित्र रहेको ओलम्पिक टर्चको नजिकैको स्थानमा बनाउन लागिएको हो । वरिपरि पार्कसमेत निर्माण गरिने निसिम फाउन्डेसनले जनाएको छ ।

राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा गत असोज ३० गते प्याराग्लाइडिङ दुर्घटनामा नेपाली सेनाका खेलाडी निसिमको ज्यान भएको थियो । राष्ट्रिय खेलकुद परिषद्ले खेलका दौरान ज्यान गुमाउने खेलाडी थापाको सम्मानस्वरुप सालिक स्थापना गर्ने निर्णय सोही बेला नै गरेको थियो ।

शिलान्यास कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य राजेश गुरुङले नवौँ  राष्ट्रिय खेलकुद प्रतियोगितामा निसिमलाई गुमाउनु पर्दा निकै दुःख लागेकोे बताए ।

उनले भने, “स्व निसिमको सम्मानका लागि राष्ट्रिय खेलकुद परिषद्को विशेष पहलमा सालिक राख्न लागिएको हो । खेलको माध्यमबाट योगदान पुर्याउने व्यक्तिको सालिक रङ्गशालामा निर्माण गरिँदा पछिल्लो पुस्तालाई सकारात्मक सन्देश जान्छ ।”

फाउन्डेसनको लागि विभिन्न सङ्घसंस्था, व्यक्तिले समेत आर्थिक सहयोग प्रदान गरिरहेका छन् । नेपाली सेनाले १० लाख सहयोग गरेको स्व निसिमकी आमा सावित्री थापाले बताइन् । शिलान्यास कार्यक्रममा निसिमका बुवा प्रकाश थापा, हजुरआमा शोभादेवी मोक्तान, परिवारका सदस्य, पश्मिाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका प्रमुख लक्ष्मण योगी, खेलाडीलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा

टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ

एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो

हेटौँडा । पहिरोमा पुरिएको आशशं‌का गरिएका इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत

पर्वतीय दौडको उपाधि गोरखाका भट्टलाई

कास्की  । विश्व पर्यटन दिवसका सन्दर्भ पारेर शनिबार पोखरामा आयोजना गरिएको पर्वतीय दौडको उपाधि