नेदरल्यान्ड्सद्वारा पोर्चुगल १–० गोलले पराजित



काठमाडौं । महिला विश्वकप फुटबलमा साविक उपविजेता नेदरल्यान्ड्सले विजयी सुरुवात गरेको छ । समूह ‘ई’ मा रहेको नेदरल्यान्ड्सले पोर्चुगललाई १–० गोलले पराजित गरेको हो ।

आइतबार न्युजिल्यान्डको फोर्सिथ बेर रंगशालामा भएको खेलमा नेदरल्यान्ड्सको जितमा स्टेफेनी भान डेर ग्राटले गोल गरिन् । खेलको १३औँ मिनेटमा स्टेफेनीले गोल गर्दै पोर्चुगलविरुद्ध नेदरल्यान्ड्सलाई १–० गोलको अग्रता दिलाइन् । पहिलो हाफमा एक गोलको अग्रता बनाएको नेदरल्यान्ड्सले दोस्रो हाफमा पनि आफ्नो अग्रतालाई कायमै राख्दै जित निकालेको हो ।

यो समूहमा नेदरल्यान्ड्ससँगै पोर्चुगल, अमेरिका र भियतनाम रहेका छन् । डिफेन्डिङ च्याम्पियन अमेरिकाले शनिबार भएको खेलमा भियतनामलाई ३–० गोलले पराजित गरेको थियो । आजै न्युजिल्यान्डको स्काई रंगशालामा भएको अर्को खेलमा स्वीडेनले दक्षिण अफ्रिकालाई २–१ गोलअन्तरले पराजित गरेको छ । समूह ‘जी’ को खेलमा दक्षिण अफ्रिकाविरुद्ध अन्तिम समयमा गोल गर्दै स्वीडेनले जित पक्का गरेको हो । पहिलो हाफमा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए ।

खेलको ४८औँ मिनेटमा हिल्डाह मागाइयाले गोल गर्दै दक्षिण अफ्रिकालाई १–० गोलको अग्रता दिलाइन् । तर दक्षिण अफ्रिकाले आफ्नो अग्रता जोगाउन नसक्दा हार ब्यहोरेको हो । खेलको ६५औँ मिनेटमा फ्रिडोलिनाल रोल्फोले गोल गर्दै स्वीडेनलाई १–१ गोलको बराबरी दिलाइन् । खेलको ९०औँ मिनेटमा अमान्डा लेस्टेडले गोल गरेपछि स्वीडेन २–१ गोलले विजयी भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा

टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ

एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो

हेटौँडा । पहिरोमा पुरिएको आशशं‌का गरिएका इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत

पर्वतीय दौडको उपाधि गोरखाका भट्टलाई

कास्की  । विश्व पर्यटन दिवसका सन्दर्भ पारेर शनिबार पोखरामा आयोजना गरिएको पर्वतीय दौडको उपाधि