स्पट फिक्सिङमा १० जनाको संलग्नता



काठमाडौं । प्रहरीले नेपाल टी–ट्वेण्टी क्रिकेट लिगमा भएको स्पट फिक्सिङमा १० जनाको संलग्नता रहेको पाइएको बताएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मंगलबार पत्रकार सम्मेलन गरी यसमा खेलाडी, व्यवस्थापक र विचौलिया गरी १० जनाको संलग्नता देखिएको जानकारी दिएको हो ।

यसमा ४ जना नेपाली र ६ जना विदेशी नागरिकको संलग्नता देखिएको जनाएको छ । खेलाडीहरु आदिल आलम र मेहबुब आलमलाई सोमबार सीआईबीले पक्राउ गरिसकेको छ ।

आदिलले प्रलोभनमै परेर नो बल र वाइड बल फालेको भेटिएको प्रहरीको दाबी छ । स्पट फिक्सिङमा चार वटा फ्रेन्चाइज टिमका व्यवस्थापनकै संलग्नता देखिएको छ । काठमाडौं नाइट्स, विराटनगर सुपर किंग्स, जनकपुर रोयल्स र फरवेष्ट युनाइटेडका व्यवस्थापकै संलग्नता देखिएको सीआईबीले जनाएको छ ।

अहिलेसम्मको अध्ययन अनुसार ४ वटा खेलमा स्पट फिक्सिङ भएको देखिएको छ । वाइड, चौका, छक्का, नो, बल, नो रन लगायतमा खेलाडीलाई ६ लाखदेखि १० लाख रुपैयाँसम्म अफर गरेको पाइएको पनि सीआईबीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा बजेट मस्यौदा लेखन समिति गठन

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखन

लोकेश बमको आक्रामक शतक जितका लागि अपर्याप्त, आयरल्याण्ड ए सँग नेपाल पराजित

काठमाडौं । लोकेश बमको कीर्तिमानी शतकमा आयरल्यान्ड ए विरुद्धको पहिलो खेलमा नेपाल ए

सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिए कारबाही गर्ने नाउपा अध्यक्ष रञ्जिताको चेतावनी

धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय

सर्वोच्चद्वारा नेपाली कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । शुक्रबार