सूर्य नेपाल काठमाडौं ओपनमा रविको अग्रता कायमै



काठमाडौं । सुर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सुर्य नेपाल काठमाडौं ओपनमा रवि खड्काले आफ्नो अग्रता कायम राखेका छन् ।

दोस्रो दिन बुधबार ३६ होलको समाप्तीमा रविले भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि परेका छन् । दोस्रो दिन रवि र भुवन दुवैले जोडे । रवि समग्रमा १०-अन्डर १ सय २६ सहित शीर्षस्थानमा तथा भुवन ९-अन्डर १ सय २७ स्कोरसाथ दोस्रो स्थानमा छन्।

लगातार दोश्रो दिन १-अन्डर ६७ खेल्दै समग्रमा २-अन्डर १ सय ३४ स्कोरका साथ रमेश अधिकारी तेस्रो स्थानमा उक्लिएका छन्। शुक्र बहादुर राई, प्रदीप कुमार लामा र राजेन्द्र श्रेष्ठ प्रधान समग्रमा इभन-पार १ सय ३६ को स्कोरमा संयुक्तरुपमा चौथो स्थानमा छन् । उपाधिकै दावेदार मानिएका शुक्रले खराब प्रदर्शन गर्ने क्रममा ३-ओभर ७१ मा दोस्रो दिनको खेल सकाए । प्रदीप र राजेन्द्रले समान २-अन्डर ६६ को स्कोर कार्ड तयार पारे ।

समग्रमा १-ओभर १ सय ३७ सहित कृष्णमान राजवाहक सातौं तथा २-ओभर १ सय ३८ को नतिजामा सुर्य प्रसाद शर्मा र जयराम श्रेष्ठ संयुक्तरुपमा आठौं स्थानमा रहेका छन् ।

रोयल नेपाल गल्फ क्लबमा भएको प्रतियोगिताको दोस्रो दिन पनि रविले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिए । पहिलो, तेस्रो, चौथो र छैटौं होलमा बर्डी प्रहार गर्दा नवौं होलमा एक सट खेर फाले । उनले फ्रन्ट नाइन ३-अन्डर ३१ मा सकाए । यसपछि १४औं र १७औं होलमा एक-एक सट बचाएपनि १६औं होलको बोगीले ब्याक नाइन १-अन्डर ३३ मा पुरा गरे।

भुवनले आज बोगीरहित राउण्ड खेले। उनले फ्रन्ट नाइन ३-अन्डर ३१ मा सकाउने क्रममा दोस्रो, चौथो र पाँचौ होलमा बर्डी प्रहार गरे। यसपछि १५औं होलको अर्को बर्डीले ब्याक नाइन १-अन्डर ३३ मा सकाए।

तेस्रो स्थानमा उक्लिएका रमेश अधिकारीले १-अन्डर ६७ को नतिजा निकाल्ने क्रममा फ्रन्ट नाइन १- अन्डर ३३ मा पुरा गरे। उनले पहिलो, तेस्रो, चौथो र नवौ होलमा बर्डी प्रहार गर्दा सातौ होलमा बोगी र पाँचौ होलमा डबल बोगीको सामना गरे । ब्याक नाइन इभन-पार ३४ मा सकाए। ११औं र १३औं होलमा एक-एक सट बचाए भने १५औं र १७औं होलमा एक-एक सट खेर फाले।

एमेच्योरतर्फ अजित विक समग्रमा ६-ओभर १ सय ४२ सहित शीर्षस्थानमा छन् । उनले आज ४-ओभर ७२ मा खेल सकाए। दोस्रो स्थानमा रहेका सुरेश तामाङ र तेश्रो स्थानका प्रज्जवल गुरुङ अजित भन्दा १७ स्ट्रोकले पछि छन् ।

३६ होलको खेल सकिदा १५-ओभर १५१ सम्म स्कोर बनाउने २१ प्रोफेसनल खेलाडीले कट बनाएका छन् । एमेच्योरतर्फ भने चार खेलाडीले कट बनाउदा कुल २५ खेलाडी अन्तिम दुई चरणको खेलको लागि छनौट भएका छन् ।

कुल ६ लाख ७० हजार पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले १ लाख १६ हजार प्राप्त गर्नेछन्। उपबिजेता प्रो खेलाडीले ७४ हजार तथा तेश्रो हुनेले ६३ हजार प्राप्त गर्नेछन् । उत्कृष्ट २१ भित्र पर्न सफल व्यावसायिक खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : एथलेटिक्समा आशिषद्वारा नयाँ कीर्तिमान

  काठमाडौँ ।   राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित १४औँ राष्ट्रपति रनिङ शिल्ड

आर्मीलाई कालिका कप राष्ट्रिय भलिबलको उपाधि

  गलकोट (बागलुङ) ।  चैतेदसैँका अवसरमा बागलुङ कालिका गुठी समितिद्वारा आयोजित कालिका कप

वीर गणेशमान सिंह ट्वान्टी टि २० क्रिकेटमा लुम्बिनीको जित

काठमाडौँ । वीर गणेशमान सिंह ट्वान्टी टि २० राष्ट्रिय क्रिकेट च्याम्पियनसिपमा लुम्बिनी प्रदेशले

राष्ट्रपति रनिङ सिल्डमा उसुमा चार स्वर्णको टुङ्गो

काठमाडौँ । राजधानीमा जारी १४ औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत उसु खेलमा