नरेन्द्र श्रेष्ठ एन्फा मानार्थ अध्यक्षमा चयन



काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नरेन्द्र श्रेष्ठलाई मानार्थ अध्यक्षमा चयन गरेको छ । सातदोबाटोस्थित एन्फा कार्यालयमा एन्फा अध्यक्ष पङ्कज विक्रम नेम्वाङको अध्यक्षतामा बिहीबार बसेको दोस्रो कार्यसमिति बैठकले श्रेष्ठलाई मानार्थ अध्यक्ष बनाउने निर्णय गरेको हो । यस्तै बैठकले किशोर राईलाई वरिष्ठ मानार्थ उपाध्यक्ष चयन गरेको छ भने एन्फा प्रवक्तामा सुरेश शाहलाई नियुक्त गरेको छ ।

यसैगरी, आगामी असोज ११ गते दशरथ रङ्गशालामा बङ्गलादेशविरुद्ध हुने मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा प्रदीप हुमागाईलाई एक खेलका लागि नियुक्त गरेको छ ।

अमेरिका बस्दै आएका हुमागाई केही वर्षअघि थ्रिस्टार क्लबको प्रशिक्षक थिए । आगामी भदौ २१ देखि असोज ३ गतेसम्म नेपालमा नै आयोजना हुने महिला साफ च्याम्पियनसिपका लागि टिकट दर निर्धारण गरिएको छ । च्याम्पियनसिपका भिआइपीतर्फ पाँच सय र साधारणतर्फ तीन सय रुपैयाँ तोकिएको छ ।

उक्त प्रतियोगिताको दिउँसो एक बजे र साँझ ५ः३० बजे खेल खेलाउने निर्णय भएको छ । कार्यसमिति बैठकले एन्फाको विशेष साधारणसभा आगामी असोज १२ गते गर्ने निर्णय गरेको छ ।

यसैगरी पहिलो बैठकले नियुक्त गरेको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख नवीन पाँडेलाई बर्खास्त गरेको छ । बैठकले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीबारे निर्णय गर्ने जिम्मेवारी एन्फा महासचिव किरण राईलाई दिएको छ । फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) आयोजना गर्न दिने बैठकले निर्णय गरेको छ ।

एनएसएल आगामी असोज २३ गतेदेखि मङ्सिर दुई गतेसम्म सञ्चालन गर्न दिने निर्णय पनि भएको छ । बैठकले एनएसएससँगको त्रुटिपूर्ण सम्झौता खारेज गर्न र सम्झौता नवीकरण गर्न एन्फा अध्यक्ष पङ्कज विक्रम नेम्वाङको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको एन्फाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल वर्षाका कारण रद्द

काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ए बीचको टी–२० शृंखलाअन्तर्गत पहिलो खेल वर्षको

सगरमाथालाई हराउँदै आर्मी इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक विजेता सगरमाथा क्लबलाई

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपः एमेच्योर सद्भाव शीर्षस्थानमा, भुवन एक स्ट्रोकले पछाडि

काठमाडौं । एमेच्योर गल्फर सद्भाव आचार्यले सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत छैटौं

वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताः भूपेन्द्र, निश्चल र खगेन्द्र सेमिफाइनलमा

काठमाडौँ । नेपाल प्रहरीका भूपेन्द्र थापा, गण्डकी प्रदेशका निश्चल गुरुङ र नेपाल आर्मीका