मनोज प्रभाकर नेपाली क्रिकेट टिमको प्रशिक्षक नियुक्त



काठमाडौं । भारतका पूर्वक्रिकेटर मनोज प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक बनेका छन्।  नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। केही समयअगाडि मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि नेपाली क्रिकेट टिम प्रशिक्षक बिहीन थियो।

दासानायकेले स्कटल्यान्ड भ्रमणबाट फर्के लगत्तै राजीनामा दिएका थिए। भारतीय राष्ट्रिय टिमका पूर्व अलराउन्डर प्रभाकर रणजी ट्रफीका उपाधि विजेता प्रशिक्षक हुन्।

उनले रणजी ट्रफीमा दिल्ली, राजस्थान र युपीको प्रशिक्षकका रुपमा काम गरेका थिए। यस्तै, उनले अफगानिस्तानको राष्ट्रिय टिमको प्रशिक्षकका रुपमा पनि काम गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।

एभर्टनद्वारा लिभरपुर पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको