सिग्देललाई महिला खुला गल्फ प्रतियोगिताको उपाधि



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले खेलकुदले शारीरिक, मानसिक विकासमात्र नभई देश विकासमा टेवा पुग्ने भएकाले यस क्षेत्रलाई राज्यले विशेष ध्यान दिनुपर्ने बताएकी छन् ।

रोयल नेपाल गल्फमा शनिबर आयोजित खुला महिला गल्फ प्रतियोगिताको विजेता खेलाडीहरूलाई पुरस्कार प्रदान गर्दै राष्ट्रपति भण्डारीले भनिन्, “हाम्रो देशको भौगोलिक बनोट अनुकूल मौसम भएकाले गल्फ खेलको विकासको ठूलो सम्भावना छ, त्यसैले यस खेलको प्रवद्र्धनबाट अन्तर्राष्ट्रिय खेलाडीलाई आर्कषक गरी खेल पर्यटनको विकास गर्न सहज हुनेछ ।”

उनले खेलकुदको विकासका लागि सरकारी तथा निजी क्षेत्रसम्बद्ध सबैले खेलक्षेत्रमा लगानी गर्न पर्याप्त ध्यान दिनुपर्नेमा जोड दिइन् । एकदिने प्रतियोगितामा सुष्मा सिग्देलले महिला खुला गल्फ प्रतियोगिताको उपाधि जितिन् । उपाधिसहित उनले एक थान स्कुटर, ५० हजार र विभिन्न गिफ्टहृयाम्पर प्राप्त गरिन् । सोही विधाको उपविजेता भने कस्मिरा शाह भइन् ।

उनले ३० हजारसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरिन् । प्रतियोगितामा सिनियरतर्फको उपाधि रेखा घिमिरेले जितिन् भने उपविजेता कल्याणी मोक्तान भइन् । सोही स्पर्धाको विजेताले ५० हजार पाइन् भने उपविजेताले ३० हजार प्राप्त गरिन् । महिलाको जुनियरतर्फ आइस्टिना तण्डन विजेता र सोनी तामाङ उपविजेता हुनुभयो ।

सो स्पर्धामा पहिलो हुनेले ३० हजार र दोस्रो हुनेले २० हजार प्राप्त गर्नुभयो । त्यस्तै कस्मीरा शाहले महिला बुस्ट ब्राइडस विधाको उपाधि जितिन् भने महिला लङ्गेष्ट ड्राइभको उपाधि प्रतिभा राईले उचालिन् । एमेच्योर गल्फर प्रतिमा शेर्पा, आश्रिया बानु र सरिताश्री ज्ञवालीद्वारा आयोजित उक्त प्रतियोगितामा ३४ जना खेलाडीले भाग लिएका थिए ।

नेपालकी नम्बर एक नेपाली महिला गल्फर प्रतिमा शेर्पाले यस किसिमको प्रतियोगिताले नेपाली महिलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गल्फ प्रतियोगितामा सहभागी गराउन सजिलो होस् भन्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालसँग टी–२० क्रिकेट सिरिज खेल्ने वेस्टइन्डिजको टोली घोषणा

काठमाडौं । नेपालसँगको टी–२० क्रिकेटका लागि वेस्टइन्डिजले टोली घोषणा गरेको छ । अप्रिल

धनकुटालाई हराउँदै खोटाङ भगवती क्बल भोजपुर गोल्डकपको सेमिफाइनलमा

  भोजपुर । भोजपुरमा जारीे सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताअन्तर्गत सोमबार

खुला मेयर कप फुटबल प्रतियोगिता वैशाख १५ गतेदेखि

  ललितपुर । प्रथम उपत्यकाव्यापी अन्तर नगरपालिका खुला मेयर कप फुटबल प्रतियोगिता यही

गणेशमान सिंह ट्वान्टी २० राष्ट्रिय क्रिकेटमा कर्णालीद्वारा गण्डकी पराजित 

    काठमाडौँ ।  वीर गणेशमान सिंह ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार