एपिएफ १४ वर्षपछि आहा रारा गोल्डकपको फाइनलमा



पोखरा । सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब ‘आहा ! रारा गोल्ड कप’ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा जारी २०औँ संस्करणको प्रतियोगिताअन्तर्गत बुधबार भएको पहिलो सेमिफाइनल खेलमा शहीद स्मारक ए डिभिजन लिगको डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै विभागीय टोली एपिएफ उपाधि नजिक पुगेको हो ।

पहिलो हाफको खेलमा दुवै टोलीबाट समान एक÷एक गोल भएकामा दोस्रो हाफमा एपिएफले दुई गोल गर्न सफल भयो । दोस्रो हाफको २० मिनेट मच्छिन्द्र १० खेलाडीमा सीमित भएर खेलेको थियो । पहिलो हाफको २५औँ मिनेटमा एपिएफका सनिश श्रेष्ठले मणि लामाको फ्रिकिकमा हेडमार्फत गोल गर्दै टोलीको अग्रता बनाए । मच्छिन्द्रले पनि खेलको ४०औँ मिनेटमा ओमोलाजा करिमको हेडिङ गोलमार्फत खेल बराबरी गर्न सफल भयो । कप्तान रञ्जित धिमालको फ्रिकिकमा डिफेण्डर करिमले गोल गरेका थिए ।

एपिएफले खेलको ६८औँ मिनेटमा खेलको ‘म्यान अफ दी म्याच’ घोषित प्रदीप लामाको गोलबाट खेलमा पुनःअग्रता बनायो । खेलको ७०औँ मिनेटमा मच्छिन्द्रका गोलकर्ता ओमोलाजा दोहोरो पहेंलो कार्डपछि रातो कार्ड खाँदै मैदान बाहिरिएपछि मच्छिन्द्र १० खेलाडीमा सीमित भएको भएको थियो ।

खेलको पाँच मिनेटका इन्ज्युरी समयको अन्तिम मिनेटमा एपिएफका कप्तान नवीन लामाले गोल गर्दै शहीद स्मारक ए डिभिजन लिगको लिग लिडर मच्छिन्द्रसँगको गोल अन्तर फराकिलो बनाए । एपिएफ विसं २०६४ को छैटौँ संस्करणमा पहिलो पटक आहा ! राराको फाइनल पुगेको थियो । फाइनलमा एपिएफ नेपाल पुलिस क्लबसँग २–० गोल अन्तरले पराजित भएको थियो । आहा राराको इतिहासमा दोस्रो पटक फाइनल पुगेको एपिएफले बिहीबार मनाङ मस्र्याङ्दी फुटबल क्लब र त्रिभुवन आर्मी क्लबबीच हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग माघ १५ गते उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

खेलपछिको पत्रकार सम्मेलनमा एपिएफका प्रशिक्षक कुमार थापाले खेलाडीले मेहनत गरेर खेलेकाले फाइनल पुग्न सफल भएको र प्रदर्शनप्रति खुशी व्यक्त गरे टोलीमा विदेशी खेलाडीको सहभागितापछि शहीद स्मारक लिगको तेस्रो चरणपछि हार बेहोर्न नपरेकाले अब उपाधिका लागि खेल्ने बताए ।
मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले लिग खेल्ने पहिलो रोजाइका छ खेलाडी टोलीमा नहुँदा खेल कठिन भएको बताए । सङ्कटासँगको अघिल्लो खेलका टोलीका दुई महत्वपूर्ण खेलाडी घाइते भएको र १० खेलाडीमा सीमित हुनुपर्दासमेत हार भएको उनको भनाइ छ ।

प्रतियोगिताको विजेताले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्ने आयोजक सहारा क्लबका अध्यक्ष हरिराम गुरुङले जानकारी दिए । यसैगरी प्रतियोगिताको उत्कृष्ट पाँच विधाका खेलाडीलाई जनही २५ हजारका दरले पुरस्कार पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल वर्षाका कारण रद्द

काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ए बीचको टी–२० शृंखलाअन्तर्गत पहिलो खेल वर्षको

सगरमाथालाई हराउँदै आर्मी इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक विजेता सगरमाथा क्लबलाई

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपः एमेच्योर सद्भाव शीर्षस्थानमा, भुवन एक स्ट्रोकले पछाडि

काठमाडौं । एमेच्योर गल्फर सद्भाव आचार्यले सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत छैटौं

वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताः भूपेन्द्र, निश्चल र खगेन्द्र सेमिफाइनलमा

काठमाडौँ । नेपाल प्रहरीका भूपेन्द्र थापा, गण्डकी प्रदेशका निश्चल गुरुङ र नेपाल आर्मीका