भारोत्तोलनमा सन्देश र विशालको राष्ट्रिय कीर्तिमान



भक्तपुर । महिलातर्फ ३० स्वर्ण, ३० रजत, कास्य ३० र पुरुषतर्फ ३० स्वर्ण, ३० रजत, कास्य ३० गरी १८० पदक प्रदानका लागि यहाँ सम्पन्न २४औँ पुरुष तथा नवौँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा नेपाल प्रहरीका सन्देश गुरुङ र विशालसिंह विष्टले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

नेपाल भारोत्तोलन सङ्घले यही पुस २७ देखि २९ गतेसम्म मध्यपुरथिमिमा आयोजना गरेको प्रतियोगितामा सन्देशले सिनियर पुरुष ९६ किलोको स्न्याचतर्फ १०९ किलो भारवहन गर्दै राजविराजमा विसं २०७७ मा भएको राष्ट्रव्यापी भारोत्तोलनमा विशालसिंह विष्टले बनाएको १०८ किलोको कीर्तिमान भङ्ग गर्दै राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।

सन्देशले स्न्याचमा १०९ किलोसहित क्लिन एण्ड जर्कमा १३७ किलो गरी कूल २४६ किलो भार उठाउँदै स्वर्ण पदक हात पारे । एपिएफका सुजन विकले रजत तथा धनुषाका उज्ज्वलकुमार मिश्राले कास्य पदक हासिल गरे । सिनियर पुरुष १०२ किलोमा विशालले स्न्याच, क्लिन एण्ड जर्क र कूलमा राष्ट्रिय कीर्तिमान स्थापित गरे ।

उनले स्न्याचमा १११ र क्लिन एण्ड जर्कमा १५० किलो गरी २६१ किलो भार उठाएका थिए । यसअघि सन्देश गुरुङको नाममा स्न्याचमा १०३ किलो र क्लिन एण्ड जर्कमा १३५ किलोको राष्ट्रिय कीर्तिमान रहेको थियो । प्रतियोगितामा आर्मीका विनोद खड्का दोस्रो तथा एपिएफका रणबहादुर नगरकोटी तेस्रो भए ।

प्रतियोगिताको सिनियर पुरुष ८९ किलोमा नेपाल प्रहरीका ओमप्रकाश वैश्यले स्न्याचमा १०५ किलो र क्लिन एण्ड जर्कमा १३० किलो गरी कूल २३५ किलो भारवहन गर्दै प्रथम भए भने नेपाली सेनाका दिनेश कार्की दोस्रो तथा एपिएफका सन्तोष चौधरी तेस्रो भए ।

जुनियर पुरुष ८९ किलोमा बाँकेका सुरज वैश्यले स्न्याचमा ७३ किलो र क्लिन एण्ड जर्कमा १०५ किलो गरी १७८ किलो वजन उठाउँदै स्वर्ण हात पारे भने चितवनका समिर थापा क्षेत्रीले रजत तथा पर्साका शिवनारायण यादवले कास्य हात पारे ।

युथतर्फ पुरुषको ९६ किलोमा सप्तरीका सञ्जय यादवले स्न्याच र क्लिन एण्ड जर्कमा समान ९०–९० किलो गरी कूल १८० किलो तौल उचाल्दै शीर्षस्थानमा पुग्न सफल भए । प्रतियोगिताको युथतर्फ महिला ८१ किलोमा कास्कीकी सिन्जल गुरुङले स्न्याचमा ३३ किलो र क्लिन एण्ड जर्कमा ४२ किलो गरी कूल ७५ किलो भार उठाउँदै प्रथम भए ।

सिनियर महिलाअन्तर्गत ७६ किलोमा प्रहरीकी तारादेवी पुनले स्न्याचमा ६९ किलो र क्लिन जर्कमा ९३ किलो गरी कूल १६२ किलो भार उठाउँदै प्रथम भए । ८१ किलोमा प्रहरीकी जानकी बुढाले स्न्याचमा ६० किलो र क्लिन एण्ड जर्कमा ७८ किलो गरी जम्मा १३८ किलो भार उचाल्दै स्वर्ण हात पारिन् ।

त्यस्तै ८७ किलोमा प्रहरीकी विद्या राईले स्न्याचमा ६३ किलो र क्लिन एण्ड जर्कमा ७८ किलो गरी कूल १४१ किलो वजन उचाल्दै स्वर्ण हात पारिन् भने एपिएफकी निशाना बलाल दोस्रो भइन् । ८७ किलोमाथि नेपाल आर्मीकी अस्मिता राईले स्न्याचमा ५० किलो र क्लिन एण्ड जर्कमा ६० किलोसहित कूल ११० किलो भार उचाल्दै स्वर्ण हात पारिन् ।

जुनियर पुरुषको १०२ किलोमा आर्मीका नीरज सिग्देलले स्न्याचमा ५० किलो र क्लिन एण्ड जर्कमा ८० किलो गरी जम्मा १३० किलो भारवहन गरेर प्रथम हुनुभयो । सिनियर पुरुषको १०९ किलोमा प्रहरीका राजीव महर्जनले स्न्याचमा १०७ किलो र क्लिन एण्ड जर्कमा १२५ किलो गरी जम्मा २३२ किलो वजन उचालेर स्वर्ण हात पारे ।

त्यस्तै १०२ किलोमाथि आर्मीका पुकार गुरुङले स्न्याचमा १२० किलो र क्लिन एण्ड जर्कमा १४० गरी कूल २६० किलो भारवहन गर्दैै स्वर्ण हात पारे । प्रहरीका सागर भण्डारी दोस्रो तथा सिरहाका प्रतापकुमार चौधरी तेस्रो भए ।

प्रतियोगिताको समापन कार्यक्रममा सङ्घीय सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, आयोजक नेपाल भारोत्तोलन सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस)लगायतले प्रस्कार प्रदान गरे । प्रतियोगिताअन्तर्गत पुरुष–महिलातर्फ सिनियर–जुनियर–युथमा गरी १४३ खेलाडीले विभिन्न ६० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल वर्षाका कारण रद्द

काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ए बीचको टी–२० शृंखलाअन्तर्गत पहिलो खेल वर्षको

सगरमाथालाई हराउँदै आर्मी इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक विजेता सगरमाथा क्लबलाई

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपः एमेच्योर सद्भाव शीर्षस्थानमा, भुवन एक स्ट्रोकले पछाडि

काठमाडौं । एमेच्योर गल्फर सद्भाव आचार्यले सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत छैटौं

वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताः भूपेन्द्र, निश्चल र खगेन्द्र सेमिफाइनलमा

काठमाडौँ । नेपाल प्रहरीका भूपेन्द्र थापा, गण्डकी प्रदेशका निश्चल गुरुङ र नेपाल आर्मीका