मनाङको संघर्षपूर्ण बराबरी



काठमाडौं । मनाङ मस्र्याङ्दीले संकटा क्लबसँग अंक खोस्न सफल भएको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङले दुई पटक पछि परेको अवस्थाबाट संकटाले २–२ गोलको बराबरी खेल्दै अंक खोस्न सफल भएको हो ।

अंक गुमाएको मनाङ लिग तालिकाको शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । यससँगै जारी सहिद स्मारक ए डिभिजन लिगमा मनाङले आफ्नो अपराजि यात्रा तेस्रो खेलमा पनि निरन्तरता दिएको छ भने मनाङको विजयी यात्रामा पूर्णविराम लागेको छ ।

२–२ को बराबरी खेल्दै अंक बाँड्ने क्रममा संकटाका लागि निरज बस्नेत र उत्तम राईले एक/एक गोल गर्दा मनाङका दयानन्द सिंह र फ्रान्कलिन क्वेटाले एक एक गोल गरे । कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङविरुद्ध ३० औं मिनेटमा निरजले गोल गर्दै संकटालाई सुरुवाती अग्रता दिलाएका थिए ।

लक्ष्मण रुचालको फ्रिकिकमा निरजले हेडरमार्फत जाली चुमाउन सफल भएका थिए । तर, खेलको ३५ औं मिनेटमा दयानन्दले गोल गर्दै मनाङलाई १–१ गोलको बराबरीमा फर्काए । पुजन उपरकोटीको फ्रिकिकमा फ्रान्कलिन क्वेटाको पासमा भारतीय मिडफिल्डर दयानन्दले हेडरमार्फत गोल गरेका हुन् ।

त्यसपछिको पहिलो हाफमा दुबै टोलीबाट थप गोल हुन सकेन । दोस्रो हाफमा दुबै टोलीले आक्रामक खेल देखाए । खेलको ७० औं मिनेटमा उत्तमले गोल गर्दै संकटालाई २–१ को अग्रता दिलाए । बैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका उत्तमले फोडे फोफानाको पासमा जाली चुमाउन सफल भएका थिए ।

त्यसपछि दबाबमा परेको आठ पटकको च्याम्पियन मनाङका लागि इन्जुरी समयमा फ्रान्कलिनले गोल गर्दै मनाङलाई २–२ गोलको बराबरीमा ल्याउँदै टोलीलाई हारबाट जोगाए । यस बराबरीसँगै मनाङले ३ खेलमा ७ अंक जोडेको छ ।

मनाङ दोस्रो स्थानमा यथावत रहेको छ । संकटा भने ५ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । खेलमा संकटका टाम्पी अर्नेस्ट म्यान अफ दि म्याच चुनिँदा संकटाकै जय गुरुङ इमर्जिङ प्लेयर घोषित भए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालका धावक दीक्षित छनोट

काठमाडौँ । विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका कुशल दीक्षित

एसीसी प्रिमियर कपको फाइनलमा पुग्न नेपाल असफल, यूएईसँग पराजित

  काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो

यूएईलाई नेपालले दियो १२० रनको सामान्य लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले यूएईलाई १२० रनको लक्ष्य

टस हारेर नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत युएईविरुद्ध हुने पहिलो सेमिफाइनल खेलमा नेपालले टस हारेको