अस्ट्रेलिया टि ट्वान्टी विश्वकपको फाइनलमा



अस्ट्रेलिया पाकिस्तानलाई ५ विकेटले स्तब्ध पार्दै आइसीसी टि ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश गरेको छ । अस्ट्रेलियाका मार्कस स्टोइनिस र म्याथ्यु वेडले पाकिस्तानको विश्वकप सपना सेमीफाइनलमानै समाप्त पारिदिए । पाकिस्तानले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले  कठिन स्थितिबाट  पुनरागमन गरेको  हो  ।

उसले १९ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । एक समय अस्ट्रेलिया ९६ रनमा ५ विकेट गुमाएर संघर्षरत थियो । ओपन तथा कप्तान आरोन फिन्च पहिलो ओभरको तेस्रो वलमानै साहिन साह अफ्रिदीको वलमा गोल्डेन डक आउट भएका थिए । मिचेल मार्श २८ रनमा मैदान बाहिरिदा स्टिभन स्मिथले ५ रन जोडे ।

४९ रन बनाएका डेविड वार्नर  सदाव  खानको वलमा आउट भएपछि पाकिस्तान खेलमा फर्किएको थियो । लगत्तै ग्लेन म्याक्सवेल पनि मात्र ७ रनमा सदावकै शिकार भएका थिए । तर स्टोइनिस र वेडको आक्रमक ब्याटिङलाइ  पाकिस्तानी वलरले रोक्न सकेनन् ।  वेडले १७ वलमा ४१ र स्टोइनिसले ३१ वलमा ४०  रनको योगदान गरे ।

१९ औं ओभरमा अफ्रिदीको तेस्रो वलमा हसन अलीले वेडको क्याच छोड्नु पाकिस्तानको हारको मुख्य कारण मध्ये एक बन्यो । बांकी तीन वलमा वेडले लगातार ६ छक्का प्रहार गर्दै अस्ट्रेलियालाइ फाइनलमा पर्याए । सदाव खानले ४ विकेट लिए । अस्ट्रेलियाले पाकिस्तानको लगातार १६ खेल देखीको अपराजित यात्रामा पनि ब्रेक लगाइदियो ।

यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेटको क्षतीमा १ सय ७६ रन बनाएको थियो । मोहम्मद रिजवानले ६७, फाखर जमानले ५५ र बाबर आजमले ३९ रन बनाएका थिए । मिचेल स्टार्कले २ , प्याट कमिन्स र एडम जाम्पाले १–१ विकेट लिए । अस्ट्रेलियाले उपाधिका लागि अब आइतबार  न्युजील्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । दुवैले अहिलेसम्म टि ट्वान्टी विश्वकपको उपाधि जित्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालसँग टी–२० क्रिकेट सिरिज खेल्ने वेस्टइन्डिजको टोली घोषणा

काठमाडौं । नेपालसँगको टी–२० क्रिकेटका लागि वेस्टइन्डिजले टोली घोषणा गरेको छ । अप्रिल

धनकुटालाई हराउँदै खोटाङ भगवती क्बल भोजपुर गोल्डकपको सेमिफाइनलमा

  भोजपुर । भोजपुरमा जारीे सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताअन्तर्गत सोमबार

खुला मेयर कप फुटबल प्रतियोगिता वैशाख १५ गतेदेखि

  ललितपुर । प्रथम उपत्यकाव्यापी अन्तर नगरपालिका खुला मेयर कप फुटबल प्रतियोगिता यही

गणेशमान सिंह ट्वान्टी २० राष्ट्रिय क्रिकेटमा कर्णालीद्वारा गण्डकी पराजित 

    काठमाडौँ ।  वीर गणेशमान सिंह ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार